latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाडौं, माघ ९

आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ।

जसको प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

यो प्रणाली काठमाडौं उपत्यका आसपास आउन केही समय नै लाग्ने देखिएको महाशाखाका मौसमविद सन्जिब अधिकारीले सेतोपाटीलाई जानकारी दिए। ‘आजभन्दा भोलि वर्षा हुने सम्भावना अलिक बढी देखिए पनि काठमाडौंसम्म आइपुग्ने सम्भावना छैन’, अधिकारीले भने।

हाल काठमाडौं उपत्यकाको मौसम हिजो अस्तीको भन्दा केही सफा देखिएको छ। आजको भिजिविलिटी ५ किलिमिटरसम्म रहेको उनले जानकारी दिए। बिहान ७ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ।

मंगलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

हल्का वर्षा र हिमपातको साथै तराईका  केही  भू-भागहरूमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय