पाल्पा, साउन ३
नेशनल प्याथ ल्याबले आफ्नो शाखा पाल्पाको तानसेनमा विस्तार गरेकोे छ । साउन १ गतेबाट तानसेनको आन्दोलन चोकमा सेवा बिस्तार गरेको हो । सो अवसरमा साउन महिना भरि बिशेष छुटको ब्यबस्था गरेको छ ।



डेढ करोड लागतमा ल्याव सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । सबै खाले परीक्षण तानसेनमै सम्भव हुने गरी अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिकको व्यवस्थापन गरि सेवा शुभारम्भ गरेको हो । संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले गुणस्तरीय सेवा नेपालभरी नै प्रदान गर्दै आएको र यस क्षेत्रका बिरामीहरुलाई सेवा दिने उद्धेश्यले तानसेनमा शाखा सञ्चालनमा ल्याइएको बताउनुभयो । प्रयोगशाला सम्बन्धी परिक्षणका लागि अब बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । नमुना परिक्षण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत प्रभावित हुने अध्यक्ष कार्कीको भनाई छ ।
प्रयोगशालामा रगतसम्बन्धी सम्पूर्ण जाँच हुुने शाखाका टेक्निकल डाइरेक्टर डा। रुपेन्द्र शाक्यले जानकारी दिनुभयो । उहाँले यसका शाखाहरुमा जहाँ गएर सेवा लिएपनि गुणस्तर एउटै हुने बताउनुभयो । उहाँका अनुसार सुगर, मृगौला, मुटु, पेनक्रियाज, हड्डी लगायतका सम्पूर्ण बायोक्यामेस्टिक परीक्षण गरिन्छ । प्रयोगशालामा हर्मोन सम्बन्धी ९ थाइराइड, ट्युमर क्यान्सर, प्रजनन् स्वास्थ्य ० सम्र्पूण जाँच पनि गरिन्छ । माइक्रोबायोलोजी सेवा, सेलोलोजी परीक्षण संकलन भएको १÷२ घण्टामै रिपोर्ट दिइने व्यवस्।था रहेको डा। शाक्यले बताए । उहाँका अनुसार दक्ष तथा अनुभवी प्याथोलोजिष्ट, टेक्नोलोजिस्ट, टेक्निसियनहरुबाट सेवा दिईन्छ । ल्यावमा गुणस्तरीय मापदण्ड पुरा गरेका फुल्ली बायोक्यामेस्टिक अरोमेटिक एनोलाइजर, फुल्ली इम्युनोलोजी, हेमाटोलोजी एनालाइजर, प्रोटिन एनालाइजर जस्ता उपकरणहरुबाट परीक्षण गरिने डा। शाक्यले बताउनुभयो ।
शुभारम्भकै दिन एक सय बढी जनाले सेवा लिएको ल्याबले जनाएको छ । वि।सं। २०६९ सालमा बुटवलबाट सुरु भएको ल्याबले पाल्पासहित देशका १८ शहरमा शाखा विस्तार गरेको छ । अहिले पाल्पासँगै बुटवल, काठमाडौँ, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुल्सीपुर, पोखरा, चितवन, धनगढी, महेन्द्रनगर लगायतका ठाउँहरुमा यसका शाखाहरु सञ्चालनमा छन् ।










