latest
उत्पादनका आधारमा अनुदान, यान्त्रीकरण र व्यावसायिक खेतीले फेरिँदै माथागढीको कृषि  ||    लिफ्ट खानेपानी योजनाले फेरियो माथागढीका डाँडाबस्तीको दैनिकी  ||    माथागढीको नौ वर्षमा सडक, पुल र सिंचाइ पूर्वाधारले फेरियो गाउँको मुहार  ||    माथागढीमा स्वास्थ्य सेवाको फड्को : घरदैलोमै आधुनिक उपचार, नागरिकमा बढ्यो स्वास्थ्य चेतना  ||    तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन, जनसेवा थप प्रभावकारी हुने विश्वास  ||    रम्भाले एआईमा आधारित ‘स्मार्ट ग्रामीण पालिका’ निर्माणदेखि सडक स्तरोन्नति  ||    तिनाउ गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा स्मार्ट बोर्डदेखि डिजिटल सामग्री वितरण  ||    बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा माथागढी  ||   
आइतबार , असार १४, २०८३

पाल्पा, असार १४ – तानसेन नगरपालिका–१२ मा नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन गरिएको छ। कार्यक्रममा वक्ताहरूले नयाँ भवनले स्थानीय सरकारको सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउँदै सुशासन तथा जनउत्तरदायी प्रशासनलाई बल पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन स्थानीय लोकतन्त्रको सुदृढीकरण, सुशासनप्रतिको प्रतिबद्धता र जनसेवालाई अझ प्रभावकारी बनाउने ऐतिहासिक अवसर भएको बताए। उनले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई अझ गुणस्तरीय, सहज र उत्तरदायी बनाउन नगरपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे।

नगर प्रवक्ता यादवसिंह कार्की ले नवनिर्मित भवनबाट प्रत्येक नागरिकले सम्मानपूर्वक सेवा पाउनुपर्नेमा जोड दिँदै जनप्रतिनिधि र कर्मचारीहरूले इमानदारी, निष्पक्षता र समर्पणका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। उनले यही भवनबाट विकास र समृद्धिका नयाँ अध्याय प्रारम्भ हुने विश्वास व्यक्त गरे।

 

तानपा ८ का वडाध्यक्ष राजेश कुमार अर्यालले सुविधा खोज्ने बहानामा शहर केन्द्रित बसाइँसराइ बढ्दै गएको उल्लेख गर्दै गाउँमै गुणस्तरीय सेवा, पूर्वाधार र अवसर सिर्जना गर्न स्थानीय तहले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे।

 

प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी ले स्थानीय सरकारको सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउन नयाँ भवनले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

कार्यक्रममा मन्तव्य राख्दै तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ ले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न आधुनिक तथा व्यवस्थित कार्यालय भवन आवश्यक रहेको बताए।

वडा नं. १२ का वडाध्यक्ष मेजरसिंह केसी ले भवन निर्माणजस्तो महत्वपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, निर्माण टोली, सहयोगी संस्था तथा सम्पूर्ण वडावासीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले नवनिर्मित भवनबाट वडावासीले अझ सहज, प्रभावकारी र सम्मानजनक सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यसको संरक्षण र सदुपयोगमा सबैको साझा जिम्मेवारी रहने बताए।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। नवनिर्मित भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रदान गरिने सेवा थप व्यवस्थित, छिटोछरितो र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय