latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन ४५ दिने होजियारी तालिम प्रदान गरेको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरुको लागि तालिम प्रदान गरिएको हो ।

यस अघि खादा बनाउने तालिम लिएका महिलाहरु मध्ये ७ जनालाई थप तालिम प्रदान गरेको हो । रामपुर नगरपालिकाको आयोजनामा भएको तालिममा महिलाहरुलाई उनको धागोबाट विभिन्न डिजाइनका स्वेटर, हाइनेक, टोपी, मोजा, पञ्जालगायत सामग्री बुन्न तथा मेसिन मर्मत सम्बन्धी तालिम प्रदान गरेको हो ।

सोमबार तालिम समापनको अवसरमा सहभागी महिलाहरुलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमुलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । कतिपय महिलादिदी बहिनीहरुले तालिम लिएर व्यवसायिक रुपमा सक्रिय भएको बताउनुभयो । नगरपालिकाले प्रदान गर्ने तालिमको सही सदुपयोग होस् भन्ने उद्देश्यले सहभागीलाई तालिम व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएमा मात्र सहभागी गराएर तालिम प्रदान गर्दै आएको बताउनुभयो । तालिम लिएर उद्यम सुरु गर्ने महिलाहरुलाई आवश्यक उपकरणहरु अनुदानमा प्रदान संगै नगरपालिकाले बजारको सुनिश्चितता गर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई प्राप्त सिपको सदुपयोग गर्दै उद्यमशिल बन्न आग्रह गर्नुभयो ।

उपप्रमुख बालकुमारी थापाले उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम मार्फत महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । तालिम पश्चात उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आउनु भएका महिलाहरुलाई आवश्यकता अनुसार उपकरणमा पनि अनुदान प्रदान गर्दै आएको बताउनुभयो । उहाँले उद्यमी महिलाहरुले उत्पादन गरेका सामान उपप्रमुख कोसेली घर बाट विक्री वितरण गर्ने वातावरण निर्माण गरिएको जानकारी दिनुभयो । साथै महिला दिदीबहिनीहरुले उत्पादन गरेको सामग्रीको बजार सुश्चितताका लागि विभिन्न संघ संस्था संग पनि सहकार्य भैरहेको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिम लिनु मात्र नभै प्राप्त तालिम कस्ले कति सदुपयोग गरे भन्ने कुरा महत्वपूर्ण रहने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक मदन कुमार अधिकारीले तालिममा सिकेका ज्ञान व्यवहारमा लागु गर्दै नयाँ सिप सिक्दै अघि बढ्न आग्रह गर्नुभयो । छोटो समयमा धेरै सिकाउन नसकिए पनि सहभागीहरुको सक्रिय सहभागिताले तालिम प्रभावकारी बनेको विश्वास व्यक्त गर्नुभयो ।

सहभागीको तर्फ बाट फुल माया परियारले आफ्‌नो अनुभव सहित तालिमलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका प्रमुख पुजा परियारले गर्नु भएको हो । नगरपालिकाले गत वर्ष २२ जना महिलाहरुलाई तालिम प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय