latest
मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||    सर्वोच्चको अन्तरिम आदेशः माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थी पुनः कामकाजमा  ||    माथागढी गाउँपालिकाः दुर्गम बस्तीमा ‘एक घर–एक धारा’ अभियान  ||    समुदायसँग जोडियो सिकाइ, ‘सक्षम सिकाइ कार्यक्रम’ले बदल्दै माथागढीको शैक्षिक अभ्यास  ||   
आइतबार , असार २१, २०८३

गोपीकृष्ण बस्याल

पाल्पा, असार १५ । रम्भा गाउँपालिकाको आयोजना तथा पाल्पा विकास केन्द्र, तानसेनको व्यवस्थापनमा सञ्चालित स्थानीय पत्रकारहरूको क्षमता विकाससम्बन्धी तीनदिने तालिम कार्यक्रम रम्भा गाउँपालिकाको खोक्खोलामा सम्पन्न भएको छ।

तालिममा पत्रकारिता तथा सञ्चारका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमको सहजीकरण पत्रकार कृष्ण पोख्रेल, मुक्ति न्यौपाने, किरण कौशल र सन्तोष बस्यालले गर्नुभएको थियो। सहभागीलाई पत्रकारको भूमिका, राज्यको चौथो अङ्गका रूपमा सञ्चारमाध्यमको महत्व, स्थानीय संघसंस्थाको गतिविधि रिपोर्टिङ, मिथ्या समाचारको प्रभाव, खोज पत्रकारिताको अवधारणा, समाचार लेखन तथा रिपोर्टिङ विधि, फोटो तथा भिडियो खिच्ने तरिका, नागरिक पत्रकारितामा अपनाउनुपर्ने सावधानी तथा एक असल रिपोर्टरका गुणहरूबारे प्रशिक्षण दिइएको थियो।

समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट यवता सारु, अन्जु खनाल र नारायण अर्यालले तालिम फलदायी भएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री तथा थप उन्नत किसिमका तालिम सञ्चालन गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले सही र तथ्यपरक सूचना प्रवाह, पालिकालाई आवश्यक सुझाव तथा समुदाय र संघसंस्थाका गतिविधिलाई प्रभावकारी रूपमा सार्वजनिक गर्न तालिमको आयोजना गरिएको बताउनुभयो। उहाँले सामाजिक सञ्जालको जिम्मेवार र सकारात्मक प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो।

विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले नागरिकले सत्यतथ्य सूचना प्राप्त गर्न र पालिकाको समग्र विकासमा सञ्चार क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

पत्रकार किरण कौशलले सञ्चालन गर्नुभएको कार्यक्रम खुमबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिममा रम्भा गाउँपालिकाका पाँचवटै वडाबाट ३४ जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय