सोमबार , असार १, २०८३

रम्भा गाउँपालिका र काठमान्डु बिश्व बिध्यालय धुलिखेलको ब्यबस्थापन तथा रिड्मोर पब्लिशियर्स डिस्टृइब्युटर्श काठमान्डु नेपालको सहयोगमा गणित शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम ३दिने रम्भा गाउँपालिकाको पिपलडाडामा सम्पन्न भयो।

कार्यक्रममा२१औं शताब्दीको सिकाइका लागि गणित शिक्षकहरुको शशक्तिकरण रुपान्तरण शिक्षामा जियोगेब्राको प्रयोग गणित शिक्षण र शिकाइका क्रियाकलापमा आधारित सिकाइ क्षेत्रामति शिक्षणमा सहयोगी सामग्रीहरुको प्रयोग सहित, तालिमको सहजीकरण प्रशिक्षक हरि बहादुर कुवर,चन्द्र बहादुर कार्की,र राम बहादुर थारुले गर्नु भएकोथियो।तालीममा रम्भा गाउँपालिका र अन्य स्थानीय तहका गणित तथा बिज्ञान बिषयका शिक्षकहरु ३१जनाकाे सहभागी रहेकाे थियाे।समापनको अबसरमा सहभागीहरुकाे तर्फबाट रुपा बस्याल,कमल गैरे,डिल्लीराम भन्डारी,र प्रशिक्षकहरु चन्द्र बहादुर कार्की यबम हरि बहादुर कुवरले सिकेका कुरालाई व्यबहारमा उतार्न आग्रह सहित मन्तव्य दिनुभयो।

कार्यक्रममा गाउँ पालिका अध्यक्ष बिष्णु प्रसाद भन्डारिले समयानुकूल बिषयगत तालिमहुनु जरुरी छ,यसमा शिक्षकहरु जागरुक हुनुपर्नेमा जोडदिदै तालीममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै सहभागीहरुलाइ प्रमाणपत्र यबम सहयोगिहरुलाइ मायाको चिनो पनि बितारण गरियो।साथै सहभागी शिक्षकहरुलाएए शैक्षिक सामग्री पनि हस्तान्तरण गरियो।तालिमको ब्यबस्थापन रम्भा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मिनादेबी आचार्यले गर्नुभएको थियो भने रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको थियो। गोपिकृशन बस्याल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय