latest
कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||    सर्वोच्चको अन्तरिम आदेशः माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थी पुनः कामकाजमा  ||    माथागढी गाउँपालिकाः दुर्गम बस्तीमा ‘एक घर–एक धारा’ अभियान  ||    समुदायसँग जोडियो सिकाइ, ‘सक्षम सिकाइ कार्यक्रम’ले बदल्दै माथागढीको शैक्षिक अभ्यास  ||    माथागढीका कृषकलाई प्रविधिमैत्री कृषि अभ्यास  ||   
शनिबार , असार २०, २०८३

लुम्बिनी — पाणिनी कलेजले नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै अभिमुखीकरण तथा परिचयात्मक/दीक्षान्त प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आतिथ्य तथा पर्यटन क्षेत्रमा बौद्ध दृष्टिकोणसहितको व्यावहारिक शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय व्यवस्थापन विभाग प्रमुख डा.श्री प्रसाद भट्टराईले डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (डीएचएम) मा बौद्ध दर्शनअनुसारको आतिथ्य तथा पर्यटन अध्ययन–अध्यापन गरिने बताउनुभयो । विश्वविद्यालयले प्रमाणपत्रका आधारमा ६ विषय र १८ क्रेडिट घण्टाको कोर्स डिजाइन गरेको छ ।

“पढेर प्रमाणपत्र मात्र लिने होइन, अभ्यासमा रूपान्तरण गर्नुपर्छ”

सोल्टी होटल व्यवस्थापन विभाग प्रमुख डा. रुपेश श्रेष्ठले भन्नुभयो, “शैक्षिक ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्न सके मात्र सार्थक हुन्छ ।” उहाँले हस्पिटालिटी क्षेत्रमा कक्षाको सिद्धान्तलाई फिल्डमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै गोपाल घिमिरेले हस्पिटालिटी उद्योगमा ठूलो जनशक्ति अभाव रहेको उल्लेख गर्दै छोटो अवधिको सीपमूलक व्यावसायिक शिक्षा आवश्यक रहेको बताउनुभयो । पाणिनी कलेजले यही आवश्यकतालाई पूरा गर्न भोकेशनल छोटो अवधिको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एसईई वा +२ पछि पनि अध्ययन गर्न सकिने

यो शैक्षिक भोकेशनल प्रोफेसनल कोर्स एसईई वा दश जोड दुई पढिसकेका विद्यार्थीहरूका लागि उपयुक्त छ । शिक्षा केवल कक्षामा गुरुसँग लिने ज्ञान मात्र नभई अनुभूति र व्यावहारिक अनुप्रयोग भएको कलेजका व्यवस्थापन प्रमुख गुरुदत्त पौडेलले बताउनुभयो ।

पाणिनी कलेजको विस्तार र भिजन

कलेजका निर्देशक देवराज शर्माले पाणिनि ऋषिको आशीर्वादसहित वि.सं. २०७५ देखि सुरु भएको कलेज हाल तीन स्थानमा सञ्चालन भइरहेको र निकट भविष्यमा देशका मुख्य शहरहरूमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले देशका कुनाकुनामा विद्यार्थीहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा कलेज क्रियाशील रहेको बताउनुभयो ।

कलेजका प्रशासनिक प्रमुख जनकराज भुषालले कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक कार्यक्रम, कार्यप्रणाली, भूमिका, जिम्मेवारी, नीति–नियम र कार्यसंस्कृतिबारे स्पष्ट जानकारी दिएको बताउनुभयो ।

किन पाणिनी कलेज ?

  छोटो समयमा व्यावहारिक सीप सिक्ने अवसर

  बौद्ध दृष्टिकोणसहितको अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी शिक्षा

  प्रमाणित कोर्स (१८ क्रेडिट घण्टा)

• हस्पिटालिटी उद्योगसँग प्रत्यक्ष जोडिएको पाठ्यक्रम

  व्यक्तित्व तथा नेतृत्व विकासमा विशेष ध्यान

आतिथ्य तथा पर्यटन क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रम अत्यन्त उपयोगी र समयानुकूल रहेको बताईएको छ । लुम्बिनीको टाईगर प्यालेस (सोल्टी) मा अभिमुखीकरण गरिएको हो । पाणिनीले बुटवल, तानसेन र खैरेनीबाट सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय