latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा बगनासकाली–२ पोखराथोककी गीता पाण्डेको बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ।
उहाँ करिब १२ हप्ताको गर्भ अस्वस्थ भएपछि श्रीमानसहित चैत २७ र वैशाख ५ गते बुटवल जानुभएको थियो।

सुरुवातमा उहाँ इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा उपचारका लागि पुग्नुभएको थियो। त्यहाँ नियमित फलोअप गरिएको थियो। पछि थप उपचारका लागि उहाँलाई जोनल फार्मेसीमा रिफर गरिएको थियो।

जोनल फार्मेसीमा गर्भपतन गराउन औषधि प्रयोग गरिएको थियो। त्यहाँबाट पनि प्रक्रिया सफल नभएपछि उहाँलाई इन्दुलेखा क्लिनिकमा लगिएको थियो। निजी क्लिनिकहरूमा घुमाउँदै उपचार गर्दा उहाँको ज्यान गएको आरोप छ।

घटनापछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी नीलम घर्ती मगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन्। प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार मृतकका श्रीमानले जाहेरी दर्ता गराउनुभएको थियो। प्रारम्भिक अनुसन्धानमा लापरवाहीपूर्वक औषधि प्रयोग गरिएको आशंका गरिएको छ।
अनुभवी चिकित्सकको सल्लाहमा सरकारी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय