latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

“जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने नारासहित नेपाली भाषा, संस्कृति र रैथाने खानाको संरक्षणमा सक्रिय होटल पौवा प्रालिले १०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको छ। उत्सव देशभरका २० शाखामा मनाइनेछ।

तानसेन शाखाले पत्रकार सम्मेलनमार्फत चैत २५ गते रक्तदान तथा चैत २६–२८ गते तीनदिने स्वाद उत्सव सञ्चालन हुने जनाएको छ। शाखा प्रबन्धक यदु भट्टराईका अनुसार पाल्पाली आतिथ्यता र अर्गानिक परिकारको विशेष अनुभव प्रदान गरिनेछ।

उत्सवमा नेपाली रैथाने स्वादका ६ प्रकारका विशेष मेनु समावेश गरिने लेखापाल सन्जु कार्कीले बताइन्। यसले स्थानीय पर्यटन र मौलिक खानाको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

सालझण्डीबाट सुरु भएको होटल पौवामा हाल करिब १००० कर्मचारी र २५० बढी लगानीकर्ता आबद्ध छन्। वार्षिकोत्सवकै अवसरमा चैत २८ गते भैरहवा शाखामा लगानी सम्मेलन पनि हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय