latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा शनिबार साँझ टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

७ गते बेलुका करिब ६ बजेको समयमा झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो। टिप्पर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको र अन्य दुई जनालाई पनि अस्पताल लैजाने प्रयास भइरहेको अवस्थामा उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

उपचारका क्रममा एक जना अन्दाजी ३०–३२ वर्षका पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका छन्। उनको पहिचान खुल्न बाँकी रहेको छ। साथै, तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको दुवै खुट्टा भाँचिएको र अवस्था गम्भीर रहेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी माथाबाट प्र.स.नि. थमन पराजुलीको कमाण्डमा दुई जनाको टोली खटिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय