latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ २९ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहीबार पाल्पा आउने भएका छन्। पार्टीले सञ्चालन गरिरहेको “जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम” अन्तर्गत लामिछानेले पाल्पामा नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासा, सुझाव र प्रश्न सुन्ने कार्यक्रम तय गरिएको रास्वपा पाल्पाका कमाण्डर विज्ञान घिमिरेले बताए ।

पार्टीको सार्वजनिक कार्यतालिका अनुसार सभापति लामिछाने आज बेलुकी ४:०० बजे रामपुर हुँदै पाल्पा जिल्ला प्रवेश गर्नेछन्। त्यसपछि ५:०० बजे आर्यभञ्ज्याङ र ५:३० बजे तानसेनमा कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। तानसेनमा आयोजना गरिने कार्यक्रममा स्थानीय नागरिकले प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासा राख्न पाउने जनाइएको छ।

रास्वपाले माघ २५ गतेदेखि फागुन १ गतेसम्म विभिन्न जिल्लामा जनसम्पर्क कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही अभियान अन्तर्गत सभापति लामिछाने पाल्पा आएका हुन्। पार्टीका अनुसार यो कार्यक्रमको उद्देश्य आम नागरिकको आवाज प्रत्यक्ष सुन्ने, स्थानीय समस्याबारे जानकारी लिने तथा पार्टीको धारणा स्पष्ट पार्ने रहेको छ।

भोलि फागुन १ गते शुक्रबार बिहान ८:०० बजे तानसेन भगवती मन्दिर दर्शनपछि हाँर्थोक र अर्गली क्षेत्रमा समेत भेटघाट कार्यक्रम तय गरिएको छ। त्यसपछि टोली गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानमा पुग्ने कार्यतालिका रहेको छ।

रास्वपाको यस कार्यक्रमलाई लिएर पाल्पामा राजनीतिक चहलपहल बढेको छ। स्थानीय तहका जनप्रतिनिधि, युवा तथा व्यवसायीहरू समेत कार्यक्रममा सहभागी हुने तयारीमा रहेका छन्। आयोजकले कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न आग्रह गरेका छन्।

सभापति लामिछानेको पाल्पा भ्रमणलाई आगामी राजनीतिक गतिविधिसँग समेत जोडेर हेरिएको छ भने नागरिकसँग प्रत्यक्ष संवादले स्थानीय मुद्दा राष्ट्रिय तहमा उठान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय