latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

आइतबारदेखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन लागिएको हो ।

गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालयबाहिरका किशोरीलाई पनि सोही अभियानअन्तर्गत खोप लगाउन लागिएकाे हाे ।

पाल्पामा पनि दुई हजार बढी किशोरीलाई खोप लगाउन लागिएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका एक सय ९६ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका दुई हजार ४३ जना किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताए । पाल्पामा कक्षा ६ मा अध्ययनरत एक हजार ९ सय ९५ जना, कक्षा ७ देखि १० सम्मका छुट ३५ जना,  विद्यालय बाहिरका १० वर्ष उमेरका १२ जना र विद्यालय बाहिरका ११ वर्षदेखि १४ वर्ष उमेरका छुट एक जना किशोरी गरी दुई हजार ४३ जना किशोरीलाई खोप दिइने छ ।

जिल्लामा सबैभन्दा धेरै तानसेन नगरपालिकामा ४ सय ८५ जनाले खोप लगाउँदै छन् । यहाँ माघ २५ देखि फागुन २ गतेसम्म खोप लगाईने छ । त्यस्तै १० पालिका मध्ये सबैभन्दा कम बगनासकाली गाउँपालिकामा ९० जनालाई खोप लगाइँदै छ ।  यहाँँ  माघ २५ देखि २७ गतेसम्म खोप दिइने प्रमुख पाखेरलले बताए । यस्तै रामपुर नगरपालिकामा ४ सय ८ जना किशोरीलाई खोप दिइने छ । यहाँ माघ २५देखि फागुन १ गतेसम्म अभियान सञ्चालन हुने छ । पूर्वखोला गाउँपालिकामा १ सय १० जनालाई खोप लगाइने छ । यहाँ माघ २५देखि २६  गतेसम्म लगाइने छ । यस्तै रम्भा गाउँपालिकामा १ सय २५ जना किशोरीलाई खोप लगाइने छ । जहाँ माघ २५देखि २८ गतेसम्म दिइने छ ।

रिब्दीकोट गाउँपालिकामा १ सय ११ रैनादेवी छहरा गाउँपालिकामा २ सय ९ जना, तिनाउ गाउँपालिकामा १ सय ६९ जना, माथागढी गाउँपालिकामा १ सय ९१ जना र निस्दी गाउँपालिकामा १ सय ४५ जनालाई खोप दिइने छ । यी पालिकाहरुमा माघ २५ देखि २७ गतेसम्म खोप लगाईने छ । खोप कार्यक्रमका लागि आवश्यक तयारी सकिएको स्वास्थ्य कार्यालयका प्रमुख पोखरेलले बताए ।

सिकोलिन ब्राण्डको एचपिभी खोप महिलाको बायाँ पाखुराको मांसपेशीमा सुईमार्फत दिइने गर्दछ। क्यान्सर भएका, एलर्जी हुने, अपरेसन गरेका, सिकिस्त बीरामी बाहेक अन्य व्यक्तिले खोप लगाउन मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय