latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा स्थापना गरेको छ ।

विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र स्थापनाका लागि सरोकारवालाहरुको अनुशिक्षण समेत गरिएको छ । बाढी, पहिरो, भूकम्प जस्ता विपदमा विद्यार्थीलाई ज्ञान दिन जिल्लाकै नमुना सिकाईको केन्द्रका रुपमा पद्म पब्लिकलाई विकास गरिने तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनी भन्छन्, हामी नगरपालिका भित्रका सबै विद्यालयले सिक्न र सिकाउन सकिने गरि केन्द्र बनाउँछौं । ताईवानमा म जाँदा त्यहाँको सिकाई हस्तान्तरण पनि होस् विद्यार्थी आँफै, घरपरिवार र समुदायलाई केहि शिक्षा दिन सकोस् भनेर विपद्का लागि हातेमालो गर्न तयार भएका हौं । नगर उपप्रमुख प्रतिक्षा सिंजालीले नेपालकै पहिलो अवधारणा स्थानीय सरकारको अग्रसरता र अपनत्वमा प्रदेश तथा केन्द्रीय सरकारसँग सहकार्य गरिने बताईन्।
पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पाका विपद्जन्य कार्यका लागि योजना बनाएर कार्य गरिरहेको बताए ।

कार्यक्रम सहजीकरण गर्दै विपद् विज्ञ दिपक मरहट्टाले विपद् पूर्व तयारी, उद्दार तथा राहत, अल्पिकरण तथा अनुकुलन र पूनर्निर्माण तथा पूनर्स्थापनाका बारेमा जानकारी गराएका थिए । नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्ण बहादुर थापाले नगरपालिकाले हरेक विद्यालयमा विपद् पूर्वतयारीका लागि अभ्यास सहित श्रोत सामग्री रहनु महत्वपूर्ण रहेको बताए ।

जापान तथा अन्य साझेदार निकायसँग श्रोत केन्द्र व्यवस्थापनका लागि सहकार्य गरिने कार्यक्रम फोकल पर्सन बिष्णु पौडेलले बताए । कार्यक्रममा तानसेनका ३१ माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय