latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

नेपाली कांग्रेस पाल्पाले पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ । रानासँगै पार्टी सभापति हिमालदत्त श्रेष्ठ, नेताहरु मीना पन्थी, नेता कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवरको नाम पनि सिफारिस गरिएको हो ।
हरेक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नु पर्ने भए तापनि आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मतिमै पाँच जनाको नाम सिफारिस गरिएको हो । पाल्पा २ प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसका पूर्वजिल्ला सभापति राजन पन्त, जिल्ला सचिव सुनिता अधिकारी, मुस्लिम नेता जमिला मियाँ, नेतृ बसन्ती घिमिरे उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । क्षेत्रीय समितिका पदाधिकारी, सदस्यहरुको सहभागितामा बैठक बसेको हो ।

२०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको उम्मेदवार थिएनन् । पाल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका थिए । कांग्रेसले गठबन्धन गरेको तत्कालीन एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका थिए । प्रतिनिधिसभा सदस्य पाल्पा १, मा प्रत्यक्षतर्फ युवा नेता सन्दीप रानाको नाम सर्वसम्मत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय