latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

माेफसलकै पुरानाे विद्यालय पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेन–३, पाल्पाले ७९ अभिभावक दिवस मनाएको छ । मंसिर २ देखि ४ गतेसम्म तीन दिनसम्म शारिरिक खेलकूद, बाैद्दिक कार्यक्रम र छात्रवृत्री वितरण सहित विद्यालयले अभिभावक दिवस मनाइएको हो ।

पद्म पब्लिक विद्यालयमा महानायक राजेश हमालकाे कमाल !

२००४ सालमा स्थापना भएकाे पद्म पब्लिक मावि शैक्षिक तथा भौतिक विकासमा अब्बल विद्यालय बन्दै गैरहेकाे सराेकारवालाहरूले बताएका छन् । प्रविधिमैत्री शिक्षामा जोड दिँदै प्रर्याप्त खेलमैदान, गुणस्तरीय शिक्षा, सौहार्द्र बालमैत्री वातावरण, प्रयोगशाला र पुस्तकालयको व्यवस्थालगायतले संस्थागत विद्यालयमै बालबालिका पढाउनुपर्छ भन्ने अभिभावक पनि अहिले सामुदायिक विद्यालयतर्फ आकर्षित हुँदै गएकाे तानसेन नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बाबुरत्न शाक्यले बताए ।

नगरस्तरीय रेडक्रस तिज रनिङ शिल्डकाे उपाधी न्यू हाेराइजनलाई(भिडियाे)

तानसेन नगरपालिका शिक्षाा शाखा प्रमुख काेपिला न्याैपानेले अभिभावक बालबालिकाको भविष्य उज्वल बनाउन शिक्षामा ठूलो लगानी गर्न पछि पर्दैनन् तर घरदैलोमै सामुदायिक विद्यालयले दिने प्रविधिसहितको शिक्षा उपयुक्त रहेकाे बताइन् । बालबालिका विद्यालयबाट घर गएर मोबाइल, टिभीमा भुल्ने क्रमलाई निरुत्साहित गरी विद्यालयमै प्रविधिमैत्री तथा खुला क्षेत्रकाे वातावरणमा रमाउने अवस्था सिर्जना गर्न विद्यालय लागि परेकाे प्रधानाध्यापक सन्तवीर बरालले बताए ।

पद्म पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कर राज रेग्मीले सरकारी विद्यालयमा हाम्रा बालबच्चालाई चाहिने सबै सुविधा छ, अभिभावककाे चाहना भए उत्कृष्ट नतिजा सरकारी लगानीबाटै पाउन सहज रहेकाे बताए । कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्ति, पुरस्कार वितरण तथा अभिभावक सम्मानसहित समापन कार्यक्रम गरिएको थियो ।
सम्बन्धित समाचार

नगरस्तरीय रेडक्रस तिज रनिङ शिल्डकाे उपाधी न्यू हाेराइजनलाई(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय