latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, साउन २९

तानसेन नगरपालिका स्तरीय रेडक्रस तिज रनिङ शिल्डकाे उपाधी न्यू हाेराइजन इङलिस बाेर्डिङ स्कुलले हात पारेकाे छ । युवा रेडक्रस सर्कल पद्म पब्लिक नमुना माविले आयोजना गरेकाे रनिङ शिल्डमा न्यू हाेराइजन प्रथम हुँदा बिजु इङलिश बाेर्डिङ स्कुल दाेस्राे र भुषालडाँडा माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेकाे हाे ।

विजेता विद्यालयलाइ तानसेन नगरपालिका वडा नं.३ का वडाध्यक्ष बाबुरत्न शाक्यले नगद सहित प्रमाणपत्रले सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि शाक्यले रेडक्रस स्वयंसेवी संस्था भएर पनि संस्कृती जगेर्ना गर्न महत्वपूर्ण याेगदान पुर्याउन काम विद्यार्थी मार्फत् भएकाे बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले पाल्पा जिल्लामै महत्वपूर्ण शैक्षिक नतिजा प्राप्त गरेकाे विद्यालयले जिल्लामै पहिलाे पटक रनिङ शिल्ड तिज सम्पन्न गरेकाे बताए । उनी भन्छन्, तिज हाम्राे माैलिक संस्कृती पहिचान हाे, लक्ष्मीरूपी महिलाहरूकाे महान पर्वलाइ विद्यार्थीहरूले जगेर्ना गर्न खुःशी र वेदना शेयर गर्ने माध्यम बनेकाे छ ।

पद्म पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तविर बरालले फरक क्षमता भएका विद्यार्थी समेत अध्ययन अध्यापन हुने विद्यालयले फरक विधामा रनिङ शिल्ड प्रतियाेगिता गरेकाे बताउँदै याे रनिङ शिल्ड ३ पटक निरन्तर वा पटक पटक गरेर विजयी हुने विद्यालयमै राख्न सकिने गरि कार्यक्रम गरिएकाे बताए । कार्यक्रम युवा रेडक्रस पद्म पब्लिक नमुना माविका अध्यक्ष सलिना खड्काकाे अध्यक्षता, शिक्षक नायक उमेश न्याैपानेकाे धन्यवाद र सदस्य जानुमाया र मुना हिस्कीकाे सञ्चालनमा भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय