latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

पाल्पा, साउन २९

तानसेन नगरपालिका स्तरीय रेडक्रस तिज रनिङ शिल्डकाे उपाधी न्यू हाेराइजन इङलिस बाेर्डिङ स्कुलले हात पारेकाे छ । युवा रेडक्रस सर्कल पद्म पब्लिक नमुना माविले आयोजना गरेकाे रनिङ शिल्डमा न्यू हाेराइजन प्रथम हुँदा बिजु इङलिश बाेर्डिङ स्कुल दाेस्राे र भुषालडाँडा माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेकाे हाे ।

विजेता विद्यालयलाइ तानसेन नगरपालिका वडा नं.३ का वडाध्यक्ष बाबुरत्न शाक्यले नगद सहित प्रमाणपत्रले सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि शाक्यले रेडक्रस स्वयंसेवी संस्था भएर पनि संस्कृती जगेर्ना गर्न महत्वपूर्ण याेगदान पुर्याउन काम विद्यार्थी मार्फत् भएकाे बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले पाल्पा जिल्लामै महत्वपूर्ण शैक्षिक नतिजा प्राप्त गरेकाे विद्यालयले जिल्लामै पहिलाे पटक रनिङ शिल्ड तिज सम्पन्न गरेकाे बताए । उनी भन्छन्, तिज हाम्राे माैलिक संस्कृती पहिचान हाे, लक्ष्मीरूपी महिलाहरूकाे महान पर्वलाइ विद्यार्थीहरूले जगेर्ना गर्न खुःशी र वेदना शेयर गर्ने माध्यम बनेकाे छ ।

पद्म पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तविर बरालले फरक क्षमता भएका विद्यार्थी समेत अध्ययन अध्यापन हुने विद्यालयले फरक विधामा रनिङ शिल्ड प्रतियाेगिता गरेकाे बताउँदै याे रनिङ शिल्ड ३ पटक निरन्तर वा पटक पटक गरेर विजयी हुने विद्यालयमै राख्न सकिने गरि कार्यक्रम गरिएकाे बताए । कार्यक्रम युवा रेडक्रस पद्म पब्लिक नमुना माविका अध्यक्ष सलिना खड्काकाे अध्यक्षता, शिक्षक नायक उमेश न्याैपानेकाे धन्यवाद र सदस्य जानुमाया र मुना हिस्कीकाे सञ्चालनमा भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय