latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पाको छहराबाट म्यालढाप जादै गरेको इभी भ्यान दुघर्टना हुदा ३ जनाको मृत्यु भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०१—००१ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा ई भी चालक रैनादेवी ४ का कमल रायमाझी, सोही वडा मेहालढापका राम बहादुर गाहा र सोही गाउँपालिका वडा नं१, छहरा-सिद्देश्वरका मुक्तबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो । 
आज बिहान बुटवलबाट छहरा मेहालढापको लागी छुटेको गाडी दुर्घटनामा परेको स्थानीयले बताएका छन् । घटना साँढे १० बजेको सेरोफेरोमा भए पनि घटनाको जानकारी करिब साँढे १ बजे भएको स्थानीय ईश्वर ज्ञवालीले जानकारी दिनुभयो । 
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार इभी भ्यानमा चालकसहित ३ जना सवारी रहेका थिए ।  
ईभी भ्यान सडक बाट ५ सय मिटर तल  तल खसेको बताइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय