latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,१० असोज

पाल्पाको तानसेनमा बिपद् तथा महामारीको समयमा यौन तथा प्रजनन् स्वास्थ्यमा पर्ने जोखिमको बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल परिवार नियोजन संघ पाल्पाको आयोजनामा बिपद् र महामारीमा यौन तथा प्रजनन् क्षेत्रमा पर्ने जोखिम र जोखिम न्युनिकरणमा सरोकारवालहरुको भूमीकाको बिषयमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा संघका शाखा प्रबन्धम शोभाकान्त न्यौपानेले नेपाल परिवार नियोजन संघले परिवार नियोजनका साधन मात्र बितरण नगरि बिपद्को समयमा मानवीय सेवा समेत गर्ने गरेको बताउनुभयो । उहाँले परिवार नियोजन भनेको परिवारको ब्यबस्थापन पनि भएको बताउनुभयो । शाखा प्रबन्धक न्यौपानेले बिपदमा बिद्युतीय उपकरणले काम नगरेको बेला प्रजनन् स्वास्थ्यका बिषयमा सूचना पाटीबाट भएपनि जानकारी दिन सकिने बताउनुभयो । बिपद्को मौका छोपी हुन सक्ने जवरजस्ती करणी, बिपद् तथा महामारीमा गर्भवती तथा सुत्केरीहरुलाई पर्ने समस्यालाई संघले मुख्य प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको छ । जिल्ला बिपद ब्यबस्थापन समितिमा समेत परिवार नियोजनका प्रतिनिधीहरु सहभागी हुने गरेको बताउदै उहाँले बिपदकै लागी भनेर ६ सेट मर्यादा सामग्री संघमा तयारी अबस्थामा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा महामारी तथा बिपदमा जिल्ला स्थित सरकारी निकाय, सुरक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघ संस्था पत्रकारहरुले खेल्नु पर्ने भूमीकाको बिषयमा प्रहसन समेत गरिएको थियो । बिःस २०१६ सालमा स्थापना भएको संघले ग्रामिण भेगमा स्वास्थ्य चौकी नहुदाको समय देखी नै सेवा दिदै आएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय