latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, ७ असोज

पाल्पा जिल्लामा पछिल्लो समय आयुर्वेदिक सेवा लिने बिरामीको संख्या बढेको छ । जिल्लामा आर्थिक वर्ष २०८०÷८१ मा ५५ हजार ६ सय ७९ जनाले सेवा लिएका छन् भने गत आर्थिक बर्ष.२०८१÷८२ मा सेवा लिनेको सङ्ख्या बढेर ६० हजार ८ सय ४९ पुगेको पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । एलोप्याथिक औषधिको प्रयोगले साईड इफेक्ट हुने, खर्चिले समेत हुँदा आयुर्वेदिक उपचार बिधीमा बिरामीको रुचि बढ्दै जान थालेको छ । बिशेषगरि दीर्घरोगीहरुलाई आयुर्वेदिक उपचार निकै प्रभाबकारी भएको पाईको छ ।

स्याङ्जा कारिकोटका ८१ बर्षिय लालबहादुर रेश्मीलाई घुडाँ दुख्ने समस्या भएर बिभिन्न ठूला अस्पतालमा उपचार गराएपनि निको नभएपछि आयुर्वेदिक उपचार लिईरहनुभएको छ । उकालो ओरालो गर्न समेत घुडाँको समस्याका कारण नसक्ने रेश्मी अहिले आयुर्वेदिक उपचारले निको हुदै गएको बताउनुभयो । बिशेषगरि दीर्घरोगीहरु बाथ, युरिक एसिड, थाइराईड, प्रेसर,पेट, ग्यास्ट्रिक, अरुचि,गानो गोला जस्ता समस्या लिएर बिरामीहरू आयुर्वेदिक अस्पतालमा धेरै आउने गरेका छन् । पञ्चकर्म, गाउँघर क्लिनिक, शिविर, घर–घरमा आयुर्वेद सेवा कार्यक्रम सञ्चालन छ । तानसेनका ७१ बर्षिय चित्रवलीराम सुवल बिगत १२ बर्षदेखी आयुर्वेदिक औषधी नियमित सेवन गर्दै आउनुभएको छ । प्रोस्टेट र मुटुको बिरामी रहनुभएका उहाँले नियमित आयुर्वेदिक औषधी सेवन गर्दै आउनुभएको छ। भने स्वास्थ्य पनी निकै राम्रो भएको उहाँले उल्लेख गर्नुभयो ।

पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक ३५ देखि ४५ जना बिरामीले सेवा लिने गरेका छन् । आयुर्वेद औषधालयबाट २२ प्रकारका आयुर्वेदिक औषधि निशुल्क पाइने ब्यबस्था छ । यो सबै आयुर्वेद स्वास्थ्य संस्थामा नियमित उपलब्ध छ । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रमा अन्यत्र उपचार गराएर निको नभएका दीर्घरोगीहरु आउने गरेको र बिरामी को चाप समेत बढ्दै गएको पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधव बस्यालले बताउनुभयो । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रो बर्रो, अमला, सिलाजित लगायतका विभिन्न वनस्पति वस्तुहरू मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि समेत राम्रो मानिएका छन् । आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिधीको पूर्बकर्म र पन्चकर्म उपचारबिधीले दीर्घरोगीहरुलाई निकै उपयोगी भएको पाईएकोछ । खानपान,जीवनशैली र तनाबका कारण उत्पन्न रोगका लागि आयुर्वेिदक उपचार बिधी सस्तो र प्रभाबकारी साबित भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय