latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ । तानसेन ६, पाल्पाका शर्मा सिटी अस्पताल भैरहवामा उपचारका क्रममा निधन भएको हो ।

५१ वर्षीय शर्मा विगत २ वर्षदेखि क्यान्सर रोगबाट लडिरहेका थिए । पछिल्लो समय भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेर भैरहवामा आएका थिए ।
शुक्रबार एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि भैरहवा सिटी अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको हो । पत्रकार शर्माका श्रीमती एक छोरा र एक छोरी छन् ।

३ दशक पत्रकारितामा बिताएका शर्मा कारोबार दैनिकमा आबद्ध थिए । पाल्पा तानसेन घर भएका उनले शुरूमा तानसेनबाटै नेपाल वान टेलिभिजनमार्फत् पत्रकारिता थालेका थिए । पछि भैरहवा कार्यक्षेत्र बनाएर पत्रकारिता गर्न थाले ।

उनले स्पेशटाइम दैनिक, च्यानल नेपाल, बुटवलको भावना दैनिकमा काम गरेका थिए । भैरहवाबाटै प्रकाशित भएको न्युज ओके पत्रिकाको पनि प्रकाशक र सम्पादक थिए ।

शर्मा लुम्बिनी प्रेस क्लबको संस्थापक उपाध्यक्ष हुन् । शर्माले विशेष गरि पर्यटन र खेल क्षेत्रलाई केन्द्रित गरि कलम चलाउँदै आएका थिए । स्वर्गीय शर्माको आइतबार पाल्पाको राम्दीमा असन्तुष्टि गरिने परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय