latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

प्रभु ग्रुप्स एण्ड कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले IPO को लागि क्रेडिट रेटिङ्ग सम्झौता गरेकाे छ । एक कार्यक्रमका बीच CARE Ratings Nepal Limited सँग क्रेडिट रेटिङ्ग सम्झौता गरेको हाे ।

क्रेडिट रेटिङ्ग सम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट वरिष्ठ महाप्रबन्धक सन्दिप दाहालले हस्ताक्षर गरे भने CARE Ratings Nepal Limited को तर्फबाट कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका हुन । यस कम्पनिमा  प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस लिमिटेड लगायतका कम्पनीकाे लगानी रहेकाे छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले IPO निष्कासन गर्ने सम्बन्धमा आगामी वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गर्ने तयारी स्वरुप प्रभु केवलकारले क्रेडिट रेटिङ्ग सम्झौता गरेको हो । यो सम्झौता सँगै अब प्रभु केवलकारले दुई (२) महिना भित्र आफ्नो क्रेडिट रेटिङ्ग सम्झौता सम्पन्न गरि धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासनको लागी आवेदन दिनेछ ।

प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । बुटवल स्थित भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत २०८१ साल भाद्र देखि व्यवसायिक सञ्चालनमा आई सकेकोछ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

त्यस्तै प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । केवलकार परियोजना निर्माणमा कृयाशिल यस कम्पनीको क्ष्एइ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेकोछ भने यो कम्पनी ऋण मुक्त कम्पनी रहनुका साथै निरन्तर मुनाफामा सञ्चालित कम्पनी रहेको छ । कम्पनीले क्ष्एइ बाट आउने सम्पूर्ण रकम ईच्छाकामना केवलकार र बडीमालिका केवलकार निर्माण गर्न खर्च गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय