latest
बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||   
शुक्रबार , कार्तिक २१, २०८३

विजयकुमार बौडेल

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।

सचिव श्रेष्ठको भूमिकालाई अझ बढी सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाई स्वास्स्थ्य मन्त्रालयबाट सञ्चालन हुने कार्यक्रम र प्रवाह हुने सेवालाई सुधार गर्दै नतिजामा आवद्ध गर्न कार्यसम्पादन सम्झौता गरिएको मन्त्री सारुले बताए । सम्झौताको कार्य अवधी २०८३ असार मसान्त सम्म रहने स्वास्थ्य मन्त्रालय लुम्बिनीले जनाएको छ ।

सम्झौतामा संलग्न सुचकहरु बमोजिम आफुले गरेका कार्यहरु चौमासिक रुपमा र आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र मन्त्री समक्ष कार्यसम्पादन सम्झौताको स्वमुल्यांकन प्रतिवेदन सहित बुझाउनुपर्ने जनाईएको छ । बाल मृत्यूदर, मातृ मृत्यूदर, पुर्ण खोप उपलब्धता भएका बालबालिका, पाँच वर्ष मुनिका कम तौल भएका, पुड्कोपना भएका, ख्याउटेपना भएका, मन्त्रालय अन्तरगतको समग्र खर्च, बेरुजु फछ्र्यौट, गुनासो फछ्र्यौट, प्रदेशमा स्वास्थ्य बिमामा आवद्ध जनसंख्यालगाएतका विषयमा आर्थिक वर्षको अन्त्यमा पुरा गर्नुपर्ने लक्ष्य तोकेर सम्झौता गरिएको मन्त्री सारुले बताए ।

त्यस्तै विभिन्न भौतिक संरचना निर्माण तथा पुनः निर्माण, पोषण सुधार कार्यक्रम, संक्रामक रोग न्यूनिकरण, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने, रक्तसञ्चार सेवा कार्यक्रम, प्रदेशभित्रका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम, स्वास्थ्य सम्बन्ध िविभिन्न नीति, ऐन, नियमावली, रणनीति, निर्देशिका, मापदण्ड, कार्यविधी तथा उपचार प्राटोकल निर्माण गर्ने विषयमा कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यसम्पादन सम्झौतामा पहिलो, दोश्रो, तेश्रो चौमासिक र वर्षभरी गर्नुपर्ने कामको वर्गीकरण गरिएको छ । प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठले कार्यसम्पादन सम्झौताले काम गर्न थप हौसला मिलेको बताईन् । उनले सम्झौता अनुसार काम गर्ने डेडलाईन हुँदा थप सक्रियता बढ्ने विश्वास व्यक्त गरिन् । स्वास्थ्य मन्त्रालय लुम्बिनीले स्वास्थ्य निर्देशनालय र निर्देशनालयले मातहतका संस्थाहरु संग कार्यसम्पादन सम्झौता गरेर प्रभावकारी कार्यान्वयन गरिने श्रेष्ठले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय