latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

बार्सिलोना। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्।

प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन्।

”४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु,’ समाजवादी नेता सान्चेजले भने,”अर्को बिहीबार हामी एउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं र बैठकमा जुन २६ देखि घरबाटबाहिर खुल्ला ठाउँमा अनिवार्य मास्क लगाउनु पर्ने नियमलाई हटाउने प्रस्ताव ल्याउँदैछौं।”

सरकारको यो निर्णयसँगै सामाजिक दूरी कायम गर्न सकिने खुल्ला ठाउँहरुमा पनि मास्क अनिवार्य लगाउनुपर्ने झन्झट आउँदो सातादेखि हट्ने भएको छ। तर सार्वजनिक यातायातका सबै यात्रुहरूको लागि अझै पनि मास्क अनिवार्य गर्नुपर्ने देखिएको छ। यद्यपि नयाँ नियमबारेको विवरण केही दिनभित्र सार्वजनिक हुँदैछ।

गत वर्ष मे ४ देखि सबैभन्दा पहिले क्याटालोनिया क्षेत्रमा सार्वजनिक यातायातका सबै यात्रुहरूको लागि मास्क अनिवार्य गरिएको थियो। त्यसको दुईहप्ता पछि स्पेनिस सरकारले घरबाटबाहिर निस्किँदा खुल्ला ठाउँमा पनि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम देशभर लागु गरेको थियो।

स्पेनमा अहिले ४० देखि ५० वर्ष उमेर समूहले कोरोनाविरुद्वको खोप लगाउनेक्रम जारी रहेको छ। आउँदो महिनादेखि ३० देखि ४० बर्ष उमेर समूहले खोप लगाउने अपेक्षा गरिएको छ।

कोराना महामारीको चरम संकटमा फसेर दुईपटकसम्म संकटकाल घोषणा गर्न बाध्य बनेको स्पेन अहिले भने सामान्य अवस्थातर्फ फर्कदै गरेको संकेत देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय