latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

ऐतिहासिक नाटक संग्रह ‘ अमरपात्र ‘ का लेखक साहित्यकार   पुष्कर अथक रेग्मी लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा बुटवलमा  सम्मानित भएका छन् । बुटवल उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानद्वारा आयोजित, नेपाली नाट्यप्रतिष्ठान पोखराद्वारा प्रकाशित ग्रन्थ ‘ नेपाली नाट्यविमर्श ‘ लोकार्पण विमर्श एवं सम्मान कार्यक्रममा  अथकलाई  ‘ लुम्बिनी नाट्य रत्न सम्मान -२०८२’ द्वारा   प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख माननीय तुलबहादुर घर्ती र लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादद्वारा सम्मानित गरिएको हो ।

प्रतिष्ठानले अथक  सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका एक दर्जन  स्रष्टाहरूलाई समेत  सम्मान गरेको छ । पुष्कर अथक रेग्मी पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष र शीत काव्य समाज नेपालका परिकल्पनाकार समेत हुन। उनी पा्ल्पामा बसी साहित्यिक अभियानहरू संचालन गर्दै आएका छन् । काव्य आख्यान निबन्ध र नाटक चारैवटा विधामा  दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका अथकले ऐतिहासिक नाटक संग्रह ‘ अमरपात्र ‘ प्रकाशित गरिसकेका छन् । मोफसलमा बसेर पाल्पाका राजा मणिमुकुन्द सेन, राजा पृथ्वीपालसेन, काजी अमरसिंह थापा र कर्णेल उजिरसिह थापाको जीवनीमा आधारित नाट्यकृति प्रकाशित गर्नु भएको र नेपाली नाट्यकृति प्रकाशनको क्रममा सहयोग पुराए बापत अथकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा लोकार्पण गरिएको ग्रन्थ ‘ नेपाली नाट्यविमर्श ‘ चारखण्डमा संरचित छ । पहिलाे खण्डमा अनुसन्धान,दाेस्राे कार्यपत्र , तेस्राे वार्ता र चाैथाे परिशिष्ट खण्ड रहेको छ । ग्रन्थ नेपाली नाट्य वाङ्मयकाे ऐतिहासिक दस्तावेजको रूपमा रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय