latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा जेसिजले तासेनस्थित मोहन कन्या माविमा अध्ययनरत छात्राहरुलाई सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री वितरण गरेको छ । छात्राहरु महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित होउन भन्ने उद्देश्यले जेसिजले सेनेटरी प्याड, साबुन, बाल्टीन जस्ता आवश्यक सामग्री वितरण गरेको हो ।

जेसिजका पदाधिकारीहरुले विद्यालयमै पुगेर छात्राहरुलाई उक्त सामग्री दिएका हुन् । जेसिजले छात्राहरुलाई प्याड वितरणसँगै महिनावारी र प्याडका बारेमा शिक्षा समेत प्रदान गरेको छ । महिलाहरुका लागि महिनावारीको अवधि अत्यन्त पिडादायी हुने भएकाले उनीहरुलाई सहज होस् र त्यस्तो अवस्थामा पनि नियमित विद्यालय आउन सकुन भनेर प्याड वितरणसँगै शिक्षा प्रदान गरिएको जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी विवेक काजी शाक्यले बताए । उनले भने‘हामीले युवाहरुको नेतृत्व, व्यक्तित्व विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा समेत काम गर्दै आएका छौं, यहाँ विगतमा हामीले साइबरक्राइम सम्बन्धी विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिएका थियौं ।’ अध्यक्ष शाक्यले विद्यार्थीहरुमा नेतृत्व क्षमता विकासका तालिमहरु आवश्यक परेमा जेसिजले सहयोग गर्ने समेत बताए । विभिन्न व्यक्तिहरुको सहयोगमा उपलब्ध गराइएका प्याड र फोहोर राख्ने बाल्टीन अध्यक्ष शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठ र प्रअ दीपक प्रसाद ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।

सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जेसिजले विद्यार्थीहरुप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताए । उनले छात्राहरुलाई महिनावारीका सामग्री दिनुको साथै सोको बारेमा ज्ञान प्रदान गर्नुले महिनावारीका बेलामा पनि नियमित विद्यालय आउन सक्ने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले विद्यालयले हिरक महोत्सव मनाउने तयारी गरिरहेको समेत जानकारी गराए । उनले आफु अध्यक्ष रहुन्जेल विद्यालयबाट एसइई परीक्षामा ए प्लस ल्याउने विद्यार्थीहरुका लागि  पुरस्कार स्वप एक लाख दिने बताएका छन् । विद्यालयका प्रअ ज्ञवालीले महिनावारी व्यवस्थापनका लागि शिक्षा र आवश्यक सामग्रीले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । महिनावारीको बेला छात्राहरुलाई सरसफाइको झनै आवश्यकता पर्ने भएकाले स्वास्थ्य समस्या कम गर्न यसले सहयोग पुग्ने उनले बताए । कार्यक्रममा तानसेन नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा छात्राहरुलाई महिनावारीका बारेमा जानकारी गराइएको थियो । स्वास्थ्य शाखाकी विजु जर्घाले महिनावारी, सरसफाइ, प्याडको प्रयोग र फाइदा, महिनावारीमा पोषणयुक्त खानेकुराका विषयमा जानकारी गराएकी थिइन् । जेसी अध्यक्ष विवेककाजी शाक्यको अध्यक्षता, कार्यकारिणी उपाध्यक्ष जेसी विजय कार्कीको स्वागत, अर्का कार्यकारिणी उपाध्यक्ष जेसी सुनिल चापागाईको आस्थावाचन र महासचिव गणेश पन्थीको सञ्चालनमा वितरण कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय