latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

गोपालप्रसाद वश्याल

तानसेन, पाल्पा

पाल्पाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक गोपाल प्रसाद वश्यालले “अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको परिचय र सान्दर्भिकता” विषयक अवधारणा—पत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले महिलाहरूले प्राप्त गरेका सामाजिक, आर्थिक, साँस्कृतिक, र राजनीतिक उपलब्धिहरूको पहिचान र सम्मान गर्न लैंगिक विभेद, लैंगिक असमानता, महिलाविरुद्धका हिंसा र महिला अधिकारका मुद्दाहरूको समाधानका लागि कार्य गर्न, श्रमिक महिलाहरूको अग्रसरतामा मनाउन थालिएका कारण यसलाई श्रमिक महिला दिवस भन्ने गरिएको बताउनु भयो । संयुक्त राष्ट्र संघले १९७५ देखि मात्र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू ग¥यो ।

सहजकर्ता वश्यालले नारी दिवसको महत्वबारे प्रकाश पार्दै यस दिनमा लैंगिक समानताका पक्षमा भएका प्रगतिहरूको समीक्षा गर्ने, थप छलफल, सुझाव र सुधारका प्रयाश गर्ने, महिलाहरूको सामाजिक, आर्थिक, र राजनीतिक प्रगतिको सम्मान, र लैंगिक समानताका लागि पैरवी गर्नका लागि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व एवम् सान्दर्भिकता रहेको बताउनुभयो । यसक्रममा महिला अधिकारको पैरवी गर्नुका साथै लैंगिक दरार, प्रजनन अधिकार, महिला हिंसा तथा यातना विरुद्धका मुद्दाहरूप्रति सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

यसैगरी प्रस्तोता वश्यालले विश्व मानव अधिकार घोषणा पत्र, नेपालको संबिधान र कानूनहरूमा भएका ब्यवस्थाअनुसार महिलाको अवस्था, नेपालमा नारी अधिकारका लागि योगकुमारी न्यौपाने लगायतको योगदान, नेपालका साहसिक एवम् सफल महिलाहरूबाट लिनुपर्ने पाठ, महिला सशक्तिकरणका लागि राज्य तथा संस्थागत प्रयाशकासाथै स्वयम् महिलाहरूको बौद्धिक विकास, मनोबल र लगनशीलता पनि आवश्यक पर्ने बताउनुभयो । उहाँले महिलाहरूको सशक्तिकरण, सबलीकरण र सहभागिता सुनिश्चिताका लागि, विकास कार्यमा साझेदारीका लागि, महिला हिंसा विरुद्ध सचेतनाका लागि र स्वयम् जागृत हुनका लागि कार्य गर्न आव्हान गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले नारी चेतना र सशक्तिकरणका लागि मोहन कन्या विद्यालय स्थापना गरिएको इतिहास सम्झिँदै नेपालका महिलाहरूको सामाजिक, राजनीतिक, सेवा क्षेत्रमा रहेको योगदानको चर्चा गर्नुभयो । उहाँले आफ्नो सशक्तिकरण र समाज सेवाका लागि विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुभयो ।
शिक्षक होम बहादुर खड्काले सञ्चालन गर्नुभएको कार्यक्रम प्रधानाध्यापक दिपक ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय