latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा समीरमान सिंह निर्वाचित भएका छन् । नेपाल औषधि व्यवसायी संघ पाल्पाले आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनबाट नाै सदस्यीय कार्यसमिति चयन भएकाे हाे ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुकाे प्रमुख अातित्थतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सूर्य बस्याल, महासचिवमा मैना सुवेदी, कोषाध्यक्षमा सचिन विष्ट, सचिवमा बेनिमाधव आचार्य र सहकोषाध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित भए । सदस्यहरूमा ईश्वरीप्रसाद बीसी, रीता पाण्डे र अनिल थापा निर्विराेध निर्वाचित भएका छन्र ।

साेही अवसमार तानसेनस्थित मिसन अस्पतालकी निर्देशक डा. रचेल कारखलाई औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । युनाइटेड मिसन अस्पतालमा २० वर्षदेखि निर्देशकको भूमिकामा रहेकी कारखलाई नेपाल औषधि व्यवसायी संघ पाल्पाले आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनका अवसरमा पुरस्कृत गरिएको हो ।

डा. कारख ३१ वर्षदेखि मिसन अस्पतालमा कार्यरत हुन् । १९९४ मा नेपाल आएर कारख मिसन अस्पतालमै कार्यरत छन् । उनी सन् २००२ देखि २००४ सम्म मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरिन् भने सन् २००४ देखि अस्पताल निर्देशक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय