latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ १३

पाल्पाका १० हजार ४५८ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप दिईने भएको छ । आइतबार स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा संचारकर्मी अभिमुखिकरण कार्यक्रम आयोजना गरि खोप अभियानको सुरु गरेको हो । पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप १० देखि १४ वर्ष उमेर समुहका किशोरी र कक्षा ६ देखि १० सम्मका छात्रा विद्यार्थीहरु दिईने छ ।
पाल्पामा दुई चरणमा यो खोप अभियान हुने छ । पहिलो चरणमा माघ २२ गतेदेखि २६ गतेसम्म रम्भा, माथागढी, पुर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिका त्यस्तै दोस्रो चरणमा माघ २८ गतेदेखि फागुन ४ गतेसम्म रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, तिनाउ गाउँपालिका र तानसेन नगरपालिकामा अभियान हुने छ ।
१० हजार ४५८ मध्ये विद्यालय बाहिरका ७० जना किशोरीहरु रहेका छन् । एच.भि.पि. खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लगाईने खोप हो । यसले ९८ प्रतिशत पाठेघरको मुखको क्यान्सर रोक्ने रामपुर अस्पतालका मेडिकल अधिकृत डा सागर पोखरेलले बताउनुभयो । नेपालमा प्रत्येक वर्ष १ हजार ३ सय १३ जना (प्रत्येक दिन ४ जना) महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको तथ्याङ्क छ ।
स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले गर्भवती महिला, क्यान्सर भएका, अपरेसन गरेका सिकिस्त बिरामी बाहेक अन्य व्यक्तिले खोप लगाउन मिल्ने बताउनुभयो । उहाँले विद्यालय नजाने किशोरीहरुलाई गाउँ, टोल र पिछडिएका वर्ग समुदायका किशोरीहरुलाई समेट्ने उद्देश्यले थप खोप केन्द्र सञ्चालन गरिएको बताउनुभयो ।

अभिमुखीकरणमा पाल्पामा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना,जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरेले खोप अभियान सफल बनाउन आ—आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
जिल्ला स्तरीय खोप समन्वय मितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले अभियान सञ्चालनलाई सबैले प्रचार गरि सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले १० वटै स्थानीय तहसंग समन्वय गरि सरोकारवालासंग छलफल र तयारी भईरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय