latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले स्वास्थ्य बीमालाई औपचारिक क्षेत्रसंग जोड्दै लगिएको बताउनुभएको छ । मन्त्री सारुले राज्यको मुख्य प्राथमिकतामा रहेको स्वास्थ्य बीमालाई औपचारिक क्षेत्रसंग जोड्दै लगिएको बताउनुभयो ।

मन्त्री सारुले राज्यका विभिन्न तह र निकायमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य बीमामा जोड्दा राज्यको नीति र कार्यक्रम सफल बनाउन ठुलो मद्दत पुग्ने बताउनुभएको हो । राज्यका विभिन्न क्षेत्रमा रहेका कर्मचारी र विशिष्ट व्यक्तिहरु स्वास्थ्य बीमासंग जोडिँदा उदाहरण प्रस्तुत समेत हुने भन्दै उहाँले यसलाई प्राथमिकता दिएर स्वास्थ्य मन्त्रालय अघी बढिरहेको बताउनुभयो ।

मन्त्री सारुले अहिले सम्म सार्वजनिक क्षेत्रका २ हजार बढी व्यक्तिहरुलाई स्वास्थ्य बीमासंग जोडेको बताउनुभयो । आर्थिक रुपमा केही सबल व्यक्तिहरु समेत स्वास्थ्य बीमामा जोडिँदा सार्वजनिक अस्पतालको सेवा प्रवाहप्रति विश्वास बढ्ने उहाँको भनाई छ ।

राज्यले अघी सारेको योजना तथा कार्यक्रमलाई सबैले साथ दिँदा सर्वसाधारण नागरिकलाई सेवा प्रवाह गर्न योगदान समेत हुने मन्त्री सारुले बताउनुभयो । सामान्य र कमजोर आर्थिक अवस्था भएका नागरिकहरुलाई प्राथमिकता दिएर स्वास्थ्य उपचार गर्ने लक्ष्यका साथ मन्त्रालयले अस्पतालहरुको सेवा प्रवाह अवस्था सुधार गरेको समेत उहाँले बताउनुभयो ।

मन्त्री सारुले स्वास्थ्य बीमा लागु भएका अस्पतालहरु रिफरल सेण्टरको रुपमा भन्दा त्यहीँबाट सेवा लिने वातावरण तयार गर्नेगरी योजना बनाएको बताउनुभयो । उहाँले सर्वसाधारण नागरिकलाई रोग लाग्नै नदिने, लागिहालेमा सहज र सरल तरिकाले उपचार गर्ने विषय स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय