latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, पुस ७

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी संघ लुम्बिनी प्रदेशको साधारण सभा हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी संघ लुम्बिनी प्रदेशको साधारण सभा यही माघ ५ गते शनिबार रुपन्देहीको बुटवलमा हुने नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमानन्द शर्माले जानकारी दिनुभयो ।

शनिबार कपिलबस्तुको शिबराजमा बसेको संघको बैठकले माघ ५ गतेका लागि मिति तय गरेको हो । संघका अध्यक्ष शर्माका अनुसार प्रदेशका १२ जिल्लाको साधारण सभा पुस मसान्त भित्र सकेर माघ ५ गते प्रदेशको साभारण सभा गर्ने तय भएको हो । पछिल्लो समय पाठ्यक्रम बिकास केन्द्र र जनक शिक्षा सामग्री केन्द्र बीचको पाठ्यपुस्तकको मुल्यमा देखिएको फरकका कारण बिद्यालयमा बेरुजु देखिने र ब्यबसायी माथि दोष आउने देखिएकाले त्यस बिषयमा समेत गम्भिर छलफल हुने संघका सचिब दिपक भुषालले बताउनुभयो ।

बैठकले नेपाल पत्रकार महासंघ पाल्पाको निर्वचनमा जिल्ला अध्यक्षमा निर्वचित हुनुभएका संघका पूर्ब कोषाध्यक्ष कमलराज तिमिल्सेना, पाल्पा सल्लाहाकार राजेन्द्र लिगल केन्द्रिय परिषद सदस्य तथा पाल्पा सचिब बिष्णु खनाल कार्यसमितिमा मनोनीत हुनुभएकोमा बधाई ज्ञापन गरेको सचिब भुषालले जानकारी दिनुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायीहरुको हकहितमा काम गर्दै आएको संघमा लुम्बिनी प्रदेशका १२ जिल्लाका ब्यबसायीहरु आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय