latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

एचआइभी संक्रमणको जोखम कम गर्न नेपाल परिवार नियोजन संघ पाल्पाले प्रेप सेवा सुरु गरेको छ। अहिले सम्म प्रेप सेवा लिनेको संख्या ९ पुगेको छ । सेवा सुरु भएको दुई महिनामै ९ जनाले सेवा लिएको र सेवा लिनका लागि सम्पर्कमा आउनेको संख्या बढ्दो रहेको संघले जनाएको छ ।
संघले बिहीबार आयोजना गरेको एचआइभी संक्रमण रोकथामका लागि गरिने उपचार विधि सम्बन्धमा जिल्लाका सरोकारवाल निकाय बिच सचेतीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
कार्यक्रममा सेवा बारे जानकारी गराउर्दै संघका शाखा प्रमुख सोवाकान्त न्यौपानेले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका जोकोही व्यक्तिले पनि प्रेप सेवा लिन सक्ने बताउनुभयो । उहाँले अब एचआइभी संक्रमणबाट बच्नका लागि प्रभावकारी र सरल उपचार विधि संघबाट निशुल्क उपलब्ध भएको जानकारी गराउर्दै एचआइभी संक्रमणको जोखिमपूर्ण व्यवहारमा रहेका व्यक्तिहरु सेवाका लागि सम्पर्कमा आउन आग्रह समेत गर्नुभयो । प्रेपको नियमित रूपमा सेवन गर्दा ९९ प्रतिशत संक्रमित हुने सम्भावना कम हुने शाखा प्रबन्धक न्यौपानेको भनाइ थियो ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले प्रेपका धेरै फाइदाहरू रहेको बताउनुभयो । उहाँले विशेषगरी एचआइभी संक्रमणको जोखिमलाई कम गर्न सेवाले सघाउने भएकोले सेवा बारे अलिबढी जनचेतना जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । पाल्पा अहिले पनि करिब तीन सय ५६ बढी एचआइभी संक्रमित रहेकोमा अधिकांशले औषधि सेवन गर्ने गरेको र ती संक्रमितको सम्पर्कमा रहेको व्यक्तिहरुलाई मात्र सेवा लिने वातावरण बनाउन सके सेवा प्रभावकारी देखिने बताउनुभयो
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले संघले जिल्लामा योन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले एचआइभी संक्रमण न्यूनीकरणका लागि सुरु गरिएको प्रेप सेवा पनि प्रभावकारी रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रेपको प्रयोगले व्यक्तिहरूलाई दीर्घकालीन रूपमा स्वस्थ र सुरक्षित राख्न मद्दत गर्ने बताउदै जोखिममा रहेका व्यक्तिहरु खुलेर सेवा लिने अवस्था तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले एचआइभी संक्रमित समुदायमा खुल्न नचाहने अवस्थामा उनीहरुबाट जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि सञ्चालित सेवा प्रवाह आफैमा चुनौतीपूर्ण रहेको बताएका थिए । उनीहरुले सामाजिक संरचनाका कारण लुकेर बस्ने अवस्थाको अन्त्य गर्दै इमान्दार भएर जोखिममा रहेका व्यक्तिहरुले सेवा लिने वातावरण सबै मिलेर तयार गर्नुपर्नेमा जोड दिए । प्रेप एक प्रकारको औषधि हो । यो दैनिक रुपमा एक गोली सेवन गर्नुपर्छ । प्रेप केवल एचआइभी संक्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्न नसकिने संघका कोषाध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय