latest
बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||   
शुक्रबार , कार्तिक २१, २०८३

काठमाडौं

प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्दैछ । आईपीओ बिक्री प्रवन्धकका रुपमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा केबुलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । प्रभु केबुलकारको लगानीमा तीन वटा केबुलकार परियोजनाहरु अगाडि बढेका छन् । जसमध्ये बुटवलमा ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबुलकार परियोजना गत असोजदेखि व्यवसायिक सञ्चालनमा आइसकेको छ ।

प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेड नै सिद्धार्थ केबुलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केबुलकार बुटवल स्थित फूलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

त्यस्तै, कम्पनीको लगानीमा सुदूरपश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केबुलकार बनाइ सञ्चालन गर्ने तयारी छ । यस कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गरेको छ ।यो सँगै प्रभु केबुलकारको ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन कार्य अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय