latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, मंसिर १

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघको राष्ट्रिय जागरण अभियान पाल्पाबाट सुरुभएको छ । राष्ट्रिय जागरण अभियान अन्तरगत लुम्बिनी प्रदेशको अभियान पाल्पाको तानसेनबाट सुरुभएको हो ।आजबाट सुरुभएको अभियान मंसिर ८ गते समापन हुने छ ।

राष्ट्रिय जागरण अभियानको सुरुवात गर्दै नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले ब्यबसायीहरु बीच भाईचारा, ब्यबसायको बृद्धि बिकास, तथा सांगठनिक सुदृढीकरण गर्दै सामाजिक र ब्यबसायीक भूमीका स्थापित गरि एक ब्यापक, सुदृढ र गतिशील संगठनको रुपमा स्थापित गराउने उद्धेश्यका साथ राष्ट्रिय जागरण अभियानको सुरुवात लुम्बिनी प्रदेशको सुन्दर नगरी तानसेनबाट सुरुभएको बताउनुभयो ।

उहाँले जागरण अभियान अन्तरगत सबै जिल्लामा पुगेर ब्यबसायीहरुबाट आएको सुझाब अनुसार नयाँ कार्ययोजना लिएर केन्द्रिय समितिले यो अभियान थालेको बताउनुभयो । उहाँले देशभरी रहेका पुस्तक तथा स्टेशनरी ब्यबसायीहरुलाई ब्यबसायीक हित, कर शिक्षा, ब्यबसायीक एकता, लगायतका बिषयमा जानकारी गराउर्दै सबै पुस्तक तथा स्टेशनरी ब्यबसायीहरुलाई गोलबन्द्ध गर्ने अभियान भएको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष शिवाकोटीले ब्यबसायीको दुख सुखमा सधै महासंघले साथ दिने बताउनुभयो ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हेमानन्द शर्माले ब्यबसाय सफल पार्न महिलाको ठूलो भूमीका रहेका बताउदै माघमा पोखरामा हुन लागेको महासंघको राष्ट्रिय साधारण सभाको अवसरमा महिला उपसमितिले महिला ब्यबसायंीहरुलाई तालिमको आयोजना गरेको जानकारी गराउनुभयो । प्रदेश अध्यक्ष शर्माले अनुशासित र सम्मान योग्य ब्यबसायको रुपमा पुस्तक तथा स्टेशनरी ब्यबसायीहरु रहेकाले यो गरिमा कायम राख्दै जानुपर्ने बताउनुभयो । उहाँले ब्यबसायमा मन्दीको अबस्था आएकाले सबै ब्यबसायीहरुलाई सचेत भएर ब्यबसाय बचाईराख्न सुझाब समेत दिनुभयो ।

कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष गोपाल बस्यालले जागरण अभियानको समापन रुपन्देही जिल्लाले भब्य रुपमा बुटवलमा सम्पन्न गर्ने बताउनुभयो ।
कार्यक्रममा पाल्पाका निर्वतमान अध्यक्ष किशोर भट्टराईले जिल्लाको ब्यबसायीक बस्तुस्थितिको बिषयमा जानकारी गराउनुभएको थियो । जिल्लाका सल्लाहाकार राजेन्द्र लिगलले जागरण अभियानलाई सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा पाल्पाका संस्थापक अध्यक्ष तथा पुराना ब्यबसायी केदारलाल श्रेष्ठलाई दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष हेमानन्द शर्माको अध्यक्षता, पाल्पा अध्यक्ष रामप्रसाद पन्थीको स्वागत र पाल्पा सचिब बिष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय