latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सिद्धार्थ केवलकार लिमिटेडले आईपिओ खोल्ने तयारी गरेको छ । दशैंदेखि अनौपचारिक सञ्चालनमा आएको केवलकारले छिटै विशेष साधारण सभा गर्ने र विशेष साधारण सभा पछि आईपिओ खोलिने मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
हाल सिद्धार्थ केवलकार लिमिटेडको चुक्ता पुँजी ६० करोड रहेको छ । त्यसलाई बृद्धि गरी एक सय करोड पुर्याईने कम्पनीका प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले जानकारी गराउनु भयो । उहाँका अनुसार अहिलेसम्म यो केवलकारमा १ अर्व १० करोड रुपैंया लगानी भईसकेको छ । ‘सर्वसाधारणको लागि १५ करोड रुपैंयाको पब्लिक शेयर खोल्ने कुरा थियो । तर अब त्यो पनि बढाउने की भन्ने भएको छ’ प्रवन्ध सञ्चालक अधिकारीले भन्नुभयो । बुटवल उपमहानगरपालिकाबाट पाल्पाको तिनाउँ गाउँपालिकाको नुवाकोटलाई जोड्ने यो केवलकारको वटम स्टेशन र टप स्टेशनमा पूर्वाधार निर्माण भईरहेको छ ।
नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनाउने गरि काम गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले जानकारी गराउनु भयो । ‘केवलकार एउटा पाटो मात्र हो ।’ उहाँले भन्नुभयो ‘नुवाकोटको आफनै विशेषता र ईतिहास छ, उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन ।’
निर्माणकै क्रममा रहेको यो केवलकार गएको दशैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । जसमा हालसम्म ७० हजार भन्दा बढी पर्यटकले केवलकारको यात्रागरी नुवाकोट अवलोकन गरेका छन् । केवलकार निर्माणसंगै नुवाकोटलाई थप पर्यटकीय अकर्षक बनाउने र बटम स्टेशनमा पनि आकर्षक बनाएर सकिएपछि आगामी २०८२ बैशाख १ गते उद्घाटन गर्नेगरी काम भईरहेको प्रवन्ध सञ्चालक अधिकारीले जानकारी गराउनु भयो ।
यो केवलकारको दुरी २ किलोमिटरको रहेको छ । जसमा २५ वटा गोण्डुला रहेका छन् । एउटा गोण्डुलामा ८ जना यात्रु क्षमता रहेको छ । बटम स्टेशनबाट टप स्टेशनमा पुग्न ९ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ भने अहिले ४८ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् । हाल कम्पनीले प्रति यात्रु ३२५ रुपैंया शुल्क निर्धारण गरेको छ । यसलाई थोरै परिमार्जन गरेर ३५० रुपैंया बनाउन लागिएको पनि कम्पनीले जनाएको छ । यो केवलकारमा ५ वटा संस्थागत सहित २२७ जना प्रमोटर शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय