latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पामा सम्पदा साइकल यात्रा गरिएकाे छ । ‘हेरिटेज राइड–२०८१’ मा ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन गराइएको हाे ।

 हेरिटेज राइड तानसेनको टुँडिखेलबाट सुरु भएर भगवती मन्दिर, नारायणस्थान बतासे हुँदै रिब्दीकोटको भैरवस्थान पुगेको थियो । तानसेनमा वडा ३ कार्यालय, असनटोल टोल विकास संस्थालगायत टक्सारको धिमेबाजाले बिदाइ गरेका थिए । भगवती मन्दिर दर्शन गरी साइकल यात्राको प्रारम्भ भएको हो । तानसेनबाट सुरु भएको यात्रा रिब्दीकोटको देउराली, ख्याहाको पर्यटकीय क्षेत्र लिस्नेभीर हुँदै साइकलयात्री अर्गली, रिडी, ऋषिकेश, देवदत्त पार्क लगायतका स्थानमा पुगेका थिए ।

 साइकल यात्रीले धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरेको आयोजक पाल्पा साइक्लिङ संघका अध्यक्ष रुपेश महर्जनले बताए । आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने उद्देश्य अनुसार सम्पदा साइकल यात्रा आयोजना गरिएको संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताए । पाल्पा दरबार संग्रहालयबाट सुरु भएको साइकल यात्रीको टोलीलाई लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटन विकासमन्त्री प्रचण्डविक्रम न्यौपानेले बिदाइ गरेका थिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले साइकल यात्राको शनिबार समापन गरेका हुन् । समापन कार्यक्रममा बाेल्दै मन्त्री सारूले स्वास्थ्यका लागि साइकलयात्रा महत्वपूर्ण रहेकाे बताउँदै साहशिक खेल मार्फत् पाल्पाकाे पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम फलदायी बनेकाे बताएका थिए । तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले जिल्लाका महत्वपूर्ण स्थानमा ८ जिल्लाका व्यक्तित्वहरूलाइ पुर्याएर चिनाउँदा पाउँदा गाैरव महशुस रहेकाे बताएका थिए ।

साइकल यात्रामा १४ वर्ष उमेरदेखि ६५ वर्ष उमेर समूहका १ सय २५ बढी साइकल यात्री यात्रामा सहभागी थिए । साइकल यात्रामा २ जना अपाङ्गता भएका व्यक्तिसमेत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय