latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
मंगलबार , साउन ५, २०८३

अर्घाखाँची । भूमिकास्थान नगरपालिकास्थित जयठाटी अर्घाखाँचीमा भैलाे खेलिरहेको स्थानमा बस गुड्याे २ जनाकाे मृत्यु, ३५ जना घाइते भएका छन्।

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै मृत्यु भएको र एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । घटनास्थलमा ७० वर्षीय रूनी खनाल र उपचारकाे क्रममा २२ वर्षीय तारा श्रेष्ठकाे मृत्यु भएकाे प्रनाउ मल्लले बताए ।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेहरूकाे अर्घाखाँची अस्पतालमा उपचार भैरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय