latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

 श्रीकृष्णजन्माष्टमी अवसरमा भदाै १० गते रम्भादेवी मन्दिरमा ‘रम्भादेवी सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । रम्भा गाउँपालिका ५, ताहुँ, नाचनडाँडास्थित रम्भादेवी मन्दिर परिसरमा हुने महाेत्सव तयारी पुरा भएकाे तानसेनमा पत्रकार सम्मेलन गरि जानकारी गराइएकाे छ ।

रम्भादेवी मन्दिरको पर्यटन प्रवद्र्धन गर्दै स्थानीय कला, संस्कृति, प्रचलित भेषभूषा प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले सहयात्रा नेपालकाे आयोजनामा महोत्सव हुन लागेको हो । सहयात्रा नेपालका अध्यक्ष कलाकार दुर्गा रायमाझीले सरकारले घोषणा गरेको १०० गन्तव्यमध्ये रम्भादेवी पर्यटकीयस्थलको प्रचारप्रसार, रैथाने संस्कृति र प्रचलित भेषभूषा तथा मौलिक संस्कृतिको पहिचान बढाउन महोत्सव आयोजना गर्न लागिएको जनाए । उनका अनुसार महोत्सवमा रामपुरको बालन, माथगढीको झाम्रे, हुमिनको लाखे, सिलुवाको कौरा, रानीवासको सोरठी र तिवारी आमाको मौलिक तीजसहित स्थानीय कला संस्कृति प्रस्तुत गरिने छ ।

महोत्सवले धार्मिक पर्यटनको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटनमा प्रवद्र्धन हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्षसमेत रहेका सहयात्रा नेपालका अध्यक्ष दुर्गा रायमाझीले बताए । महोत्सवमा विविध कार्यक्रमसहित वरिष्ठ कलाकार नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसी, नारायण लेकाली, अमृत अधिकारी, नवीन पौडेल, हुम गैरे, माधव भण्डारी, श्रीदेवी देवकोटालगायत स्थानीय कलाकारलाई प्राथमिकतामा राखिएको छ । महोत्सवमा प्रवेश निःशुल्क छ ।

आयोजकले रम्भादेवीप्रति आस्था राख्ने देशविदेशमा रहेका सबैलाई सहभागी हुन अनुरोध गरेको छ । आयोजक समितिका अमृत अधिकारीले परम्परागतरूपमा चल्दै आएको मेलामहोत्सव संरक्षण गर्दै रम्भादेवी क्षेत्रको धार्मिक पर्यटकीय क्षेत्र चलायमान गराउन महोत्सव आयोजना गरिएको बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले रम्भादेवीको महत्व र गरिमा बढाउन महोत्सव सह्रानीय भएको भन्दै प्रचारप्रसारमा पत्रकार तथा सञ्चारकर्मीले सक्दो सहयोग गर्ने बताए ।

‘पाल्पालीको आस्था, नेपालको सानः रम्भादेवीको विकास हाम्रो अभियान’ मूल मन्त्रका साथ आयोजित महोत्सवको सहआयोजक रम्भादेवी पर्यटन विकास प्रतिष्ठान रहेको छ । मुख्य प्रवद्र्धकमा रम्भा गाउँपालिका, पर्यटन प्रवद्र्धन नेपाल दर्शन, प्रवद्र्धक मातृभूमि सेवा प्रतिष्ठान र कुमकुम ज्वेलर्स न्यूरोड, काठमाडौं छन् ।

रम्भादेवी सदरमुकाम तानसेनदेखि करिब ३० किमी पूर्व पर्छ । सिद्धार्थ राजमार्गबाट यात्रा गर्दा आर्यभञ्ज्याङबाट पूर्व छिर्नुपर्छ । श्रीकृष्णजन्माष्टमीमा ठूलो मेला लाग्ने यहाँ औँशी, एकादशी र त्रयोदशी बाहेकका तिथिमा कामना पूजा, भाकलपूजा, नित्यपूजा, पञ्चबलि, पशुपक्षी बलि पूजा तथा रोट चढाएर पूजाआजा गर्ने प्रचलन छ । सीताका साथ भगवान् राम रामपुरबाट ऋषिदेव अंगीराको पवित्र तपस्यास्थल र राम्दी हुँदै मुक्तिनाथ प्रस्थान गर्नेक्रममा रम्भादेवी जंगलमा सीताको प्यास मेट्न धनूषवाण हानी पानीको मूल उत्पत्ति गरेको किंबन्दती छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय