चक्रीय अर्थतन्त्रका अवयवहरू र जलवायु परिवर्तन बारे जनस्तरमा सचेतना आवश्यकता रहेकाे सराेकारवालाहरूले जनाएका छन् । नेपालमा बढ्दो जलवायु परिवर्तन र त्यसका असरसँग जुध्न चक्रीय अर्थतन्त्रको महत्वबारे लुम्बिनी प्रदेशका पत्रकारहरुलाई तालिम दिइएकाे छ ।

वन्यजन्तु संरक्षण संघ नेपालको आयोजनामा देशमा चक्रीय अर्थतन्त्र पद्धति अपनाउनुपर्ने विषयमा कसरी समाचार संकलन गर्ने भन्ने विषयमा पत्रकारहरुलाई तालिम प्रदान गरिएकाे हाे । देशलाई चक्रीय अर्थतन्त्र पद्धतिमा लगेर वातावरण जोगाउने क्रियाकलाप गर्नुपर्ने, वातावरण प्रदूषण हुने खालका सामग्रीहरू प्रयोग गर्न नहुने, कुनै पनि नयाँ सामग्रीहरू उत्पादन गर्दा त्यसलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने, उद्योग सञ्चालकहरुले आफ्नो बस्तु उत्पादन गर्दा त्यहाँबाट निस्किने फोहोरहरु उनीहरुले नै व्यवस्थापन गर्नुपर्ने तथा सकेसम्म थोरै मात्रै फोहोर उत्पादन हुने वातावरण सृजना गर्नुपर्ने लगायतका विषयमा अन्तर्क्रिया समेत गरिएकाे थियाै ।

कार्यक्रममा बाल्दै बन तथा वातावरण मन्त्रालयका वातावरण वरिष्ठ वातावरण निरीक्षक निर्मल चौधरीले चक्रीय अर्थतन्त्र पद्धतिका आधारभूत विषयमा सबै जानकार हुनुपर्ने बताउँदै पत्रकारहरुले यस्ता विषयहरुलाई उठाइरहनुपर्ने बताए ।उनले अहिले विश्वका अन्य देशहरू फेरि प्रकृतितर्फ फर्किएको भन्दै नेपालका प्राकृतिक सम्पदा जोगाउनुपर्नेमा जोड दिए । चक्रीय अर्थतन्त्र पद्धति लागू गर्न, व्यक्ति, घर, समाज, वडा, पालिका, प्रदेश सरकार र संघ सरकार सक्रिय हुनुपर्ने बताएका थिए ।

वन्यजन्तु संरक्षण नेपालकी निर्देशक सजीवनी योञ्जन श्रेष्ठ विश्व चक्रीय अर्थतन्त्र पद्धतिमा गइरहेको बताउँदै नेपाल पनि सोही पद्धतिमा जानुपर्ने बताइन् । उनले उत्पादकता, नीति निर्माणकर्ताहरूले यो विषयमा ध्यान दिनुपर्ने बताउँदै सकेसम्म फोहोर उत्पादन नगर्ने, उत्पादन भएपनि त्यसको प’न प्रयोग गर्ने वा त्यसलाई पुनः प्रयोगमा ल्याउने र नभए मात्रै फोहोरका रुपमा विसर्जन गर्ने नीति नै चक्रीय अर्थतन्त्र भएको बताइन् ।

तालिमका क्रममा वातावरण पत्रकारद्धय सुबोध गौतम र पीताम्बर सिग्देलले चक्रीय अर्थतन्त्रसँग सम्बन्धित समाचारको महत्व र समाचारका विषय तथा लेखन शैलीबारे सहभागीलाई तालिम दिएका थिए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष शेरबहादुर केसीले आधुनिक विकासका नाममा वातावरणीय प्रभावलाई ध्यान नदिँदा समस्या बढ्दै गएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय