पाल्पा, असार ३०
तानसेन नगरपालिकाले १५ औं अधिवेशनको दोस्रो बैठकबाट आर्थिक वर्ष ०८१/०८२ को नीति कार्यक्रम तथा बजेट पारीत गरेको छ । शिक्षा स्वास्थ्य पर्यटन र कृषिलाइ प्राथमिकतामा राख्दै नगरपालिकाले नीति कार्यक्रम तथा बजेट पारीत गरेको हो । शिक्षा स्वास्थ्य पर्यटन र कृषिबाटै समृद्धि हासिल गर्न यस्ता क्षत्रलाई प्राथमिकतामा राखिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । गरिबी निवारण जस्ता कार्यक्रम देखि नगर प्रमुख संग पुर्वाधार समेत प्राथमितामा राखिएको छ ।
नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सार्वजनिक सेवा प्रवाह र सुशासन प्रबर्धन, पूर्वाधार विकास र पुँजी निर्माण, शिक्षामा गुणात्मक विकास, कृषि क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरण, आयआर्जन र स्वरोजगार र मानव संशाधन विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापन प्राथमिकतामा राखिएको बताउनुभयो । आर्थिक, सामाजिक विकासका साथै बहुवर्षीय योजना तथा चालु आर्थिक वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता बजेट विनियोजन भएको बताउनुभयो । तानसेन नगरपालिकाको आगामी वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्दा बहुवर्षीय घर आँगनमै नगरप्रमुख, मेयर उत्कृष्ट उद्यमी व्यवसायी, नगर प्रज्ञा प्रतिष्ठान, उपप्रमुखसँग महिला स्वास्थ्य कार्यक्रम, नगरप्रमुख छात्रवृत्ति, महिला मैत्री सहर जस्ता लोकप्रिय कार्यक्रम तानसेन नगरपालिकाले ल्याएको छ । स्थानीय साधन श्रोत, सीप प्रयोग हुने एवं तत्काल रोजगारी सिर्जना गर्ने आयोजनाहरू छनोट गर्ने नगरप्रमख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले स–साना नगरस्तरीय र वडास्तरीय योजनाको संख्या घटाउन निश्चित सिलिङ र मापदण्ड निर्धारण गरिएको छ ।
बालमैत्री, वातावरणमैत्री, लक्षितवर्गमैत्री, स्थानीय शासन, दिगो विकास र विकासका साझा सवाललाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ । नगरपालिकाको आन्तरिक आय, अन्तर सरकारी वित्त हस्तान्तरण, राजश्व बाँडफाँट तथा रोयल्टी रकमलाई यथार्थ विश्लेषणगरी समय सापेक्ष ढंगले नीति तथा कार्यक्रम तय गरिएको छ । सभामा वडा नं ९ का अध्यक्ष तथा लेखा समिति संयोजक राजेस कुमार अर्यालले आर्थिक बर्ष ८०/८१ मा कुल बजेटको ८०.६९ प्रतिशत खर्च भएको प्रतिवेदन पेश गर्नुभएको थियो । नगर सभा सदस्य तथा जनप्रतिनिधिहरुले आर्थिक विकासको प्रमुख आधार नै कृषि तथा पशु पालन भएकाले तानसेन नगरपालिकाले कृषकहरुलाई कृषि पेशाप्रति विचलित हुने अवस्थामा कृषि क्षेत्रको विकासका लागि कृषक व्यवस्थापन, नविनतम प्रविधि प्रयोग तथा सिप हस्तान्तरणको लागि तालिम तथा भ्रमण, उन्नत विऊ, मल, पशुपंक्षिको औषधि, खोप, पशु आहारा व्यवस्थापन, कृषि औजार तथा उत्पादन सामाग्री वितरण, वालि उपचार केन्द्र स्थापना, तरकारी व्यवसाय तथा कृषि संकलन केन्द्र निर्माण जस्ता कार्यक्रमहरुको समुचित व्यवस्था सुझाव दिनुभएको थियो ।