latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पुष्कर अथक रेग्मी

जीवनमा कसैसँग कहिल्यै केही गुनासो नगरी सुख दुःखमा सदैव समान रही, शान्त र कर्तव्यपरायण, आज्ञाकारी एवं कुशल गृहणीको भूमिका निर्वाह गर्दै आएकी साहित्य साधक धर्मी शाक्य पतिको लागि अलौकिक जीवन संगिनी, सन्ततीका लागि मातृवात्सल्यले भरिपूर्ण मतामयी माता, अग्रजहरूका लागि विस्वासिलो सत्यपात्र, अनुजहरुका लागि अभिभावक, सिकारुका लागि आदरणीय कुशल गुरू आमा, बौद्ध मार्गीहरूका लागि शिक्षा र साहित्यको माध्यमद्वारा बौद्ध दर्शनको प्रचार प्रसार गर्ने अभियन्ता, स्रष्टाका लागि प्रेरणाको स्रोत र दृष्टाका लागि महनीय पाठ्यपात्रको रूपमा स्थापित भई नारी साहित्यकारको रूपमा प्रतिष्ठापित भइसक्नु भएको छ ।

सर्वप्रथम त म उदाहरणीय एवं आदर्श नारी साहित्यकार धर्मी शाक्य र धर्मी शाक्यको जीवनमा आधारित संक्षिप्त शीत लघुतम खण्डकाव्य – “धर्मी” प्रकाशित गर्नु हुने अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको सुस्वास्थ्यको कामना सहित सुदीर्घजीवनको प्रार्थना गर्दछु । “सहनशीलताको अर्को नाम हो धर्मी, नारीको रूपमा देवी हुन् धर्मी” भन्ने मूल सारका साथ सत्रवटा विभिन्न शीर्षकमा – शीत खण्डकाव्य “धमी” तयार पारी धर्मी शाक्यको जीवनसाथी देवेन्द्रराज शाक्यले कृति सार्वजनिक गर्नुभएको छ। करीब दुई दर्जनकै ■ हाराहारीमा कृतिहरू प्रकाशित गरिसक्नु भएका शाक्यज्यूले शीतै ■ शीतमा पनि खण्डकाव्य लेख्न सकिन्छ भन्ने प्रमाणित गरी प्रथम शीत खण्डकाव्यकारको रूपमा पदार्पण गर्नु भएको छ । यसअघि लघुतम काव्य संग्रह “शीत” प्रकाशन गरी प्रथम शीत साधकको रूपमा रहनु भएका शाक्य शीत खण्डकाव्य “धर्मी” प्रकाशन संगै शीतको नियमानुसार “शीत ईश्वर” को रूपमा प्रतिष्ठापित हुनुभएको छ । पाल्पा तानसेन श्रीनगर क्षेत्रबाट परिकल्पित शीतले स्थानीय राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमै व्यापिकृत भई करीव एक दर्जनकै हाराहारीमा शीत कृतिहरू प्रकाशित गर्न सफल भएको छ । कविता लेख्न जान्दै नजान्नेले पनि शीत लेख्न जान्दछन् र लेख्दा लेख्दै परिस्कृत भइ अन्य विधा र उपविधामा समेत कलम चलाउन सक्नुनै शीत काव्यको वैशिष्यता हो । शीतबाट काव्य मात्र नभइ कथा, नाटक, निबन्ध, प्रबन्ध र उपन्यास समेत लेख्न सकिन्छ ।

यसै परिप्रेक्ष्यमा शाक्यज्यूले शीतको प्रयोग गरी खण्डकाव्यनै लेखी लघुतम काव्य उपविधाको भण्डारणमा अतुलनीय नवीनतम् योगदान पुर्याउनु भएको छ । प्रस्तुत खण्डकाव्य नेपाली वाङमयको आकाशमा उदाहरणीय, कविता साहित्यको भण्डारणमा संग्रहणीय, लेखक साहित्यकारका लागि अनुसन्धानीय, स्रष्टाका लागि मननीय र दृष्टाका लागि महनीय कृतिको रूपमा रहन सक्ने विश्वास लिइएको छ । अवश्रान्त कर्मशील साहित्यकार , शीत ईश्वर देवेन्द्रराज शाक्यको बाँकी दिन शीत साहित्यमय बनिरहोस् । सुदीर्घजीवनको प्रार्थना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय