latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, जेठ ३०

‘रामकुञ्जिका’ पत्रिकाकाे अङ्क १ काे लाेकार्पण तथा रचनावाचन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएकाे छ । रामपुर साहित्यिक प्रतिष्ठान रामपुर पाल्पाको नाैवाैं स्थापना दिवसकाे अवसरमा स्रष्टाकाे रचना वाचनसंगै रामकुन्जिका पुस्तक लोकार्पण गरिएको हाे।

कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नेपाली साहित्यको विकास र समाजको विकासमा यस्ता कार्यक्रमहरूले इट्टा थप्ने काम गरेको बताउँदै उहाँले रामपुर साहित्यिक प्रतिष्ठानले कालीगण्डकी बेसी साहित्यक्षेत्रको विकासमा उच्च स्तरीय र प्रसंशायाेग्य काम गर्ने गरेको बताउँनुभयो । रामपुरकाे विकाशमा साहित्यिक संस्थाले गरेको याेगदानकाे चर्चा गर्दै नगरप्रमुख थापाले साहित्यकार एवं साहित्यिक संस्थाकाे विकासका लागि रामपुर नगरपालिका सधैं साथमा रहेको पनि नगरप्रमुख थापाले बताउँनुभयो ।

पत्रिकाकाे समीक्षकका रूपमा डा. टंकप्रसाद पन्थ र लक्षिमा ज्ञवालीले विषयवस्तुहरूकाे बारेमा बताउँदै नेपाली साहित्यकाे श्रीवृदिमा पत्रिका अग्रपंक्तिमा रहने बताउनुभयाे । कार्यक्रममा साहित्यकारहरु गोपालप्रसाद भण्डारी, पुष्करराज रेग्मी, राजन न्यौपाने, सीता ज्ञवाली, रामप्रसाद गैरे, समाजसेवी धनबहादुर राना, लेखनाथ पोखरेल लगायतले आ-आफ्नो रचना बाचन र साहित्यिक प्रतिष्ठानलाई शुभकामना दिनुभएको थियोे । रचना वाचन गर्दै स्रष्टाहरूले कार्यक्रममा बोल्दै साहित्य क्षेत्रको विकासमा यो कार्यक्रम निकै फलदायी एवं महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा उहाँहरुले साहित्यिक क्षेत्रको माध्यमबाट समाजकाे रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्न सकिने बताउँनुभएकाे थियो ।

रामपुर नगरपालिका-६ स्थित दरैँठाटी माध्यमिक विद्यालयकाे सभाहलमा भएको कार्यक्रममा रामकुन्जिका पुस्तक लोकार्पण गर्नुका साथै साहित्यकार स्रष्टाहरुले सिर्जना गरेको आ-आफ्नो रचनालाई वाचन गर्नुभएको थियो । विभिन्न स्रष्टा एवं साहित्यिक व्यक्तिहरुको कथा, लोकभजन, बालन, मुक्तक, गजल, कविता लगायतकाे लेख रचना विषयबस्तु समिटिएकाे पुस्तक बिमोचन गरिएको हाे ।

रामपुर साहित्य प्रतिष्ठानकाे कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, काठमाडौं लगायतका ठाउँहरुबाट पाल्पा आउनुभएका साहित्यकार स्रष्टाहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्था आजीवन तथा विशिष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो । पहिलो प्रयासमा १४८ वटा कविता, कथा, लेख निबन्ध, समीक्षा, सन्देशमूलक सामग्रीहरू समेटिएको पुस्तकाकार कृति प्रकाशनमा आएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय