latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ २८

विश्वहिन्दु महासंघ नेपाल पाल्पाको नवौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । विश्वहिन्दु महासंघका केन्द्रीय वरिष्ट उपाध्यक्ष वेन वहादुर पौडेल क्षेत्री प्रमुखकाे प्रमुख आतिथित्यता रहेको कार्यक्रममा केन्द्रीय सह महासचिव देवराज भन्डारी, केन्द्रीय सचिव पुनाराम पोखरेल, केन्द्रीय सदस्य भिमलाल भट्टराई, प्रदेश सचिव कमलकान्त पौडेल लगायतले नवौ साधारणसभाको पूर्ण सफलताको कामना सहित मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला सचिव तुलसी गैरेले साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष मनोहर ज्ञवालीले संस्थाको आम्दानी खर्चको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थियो । कार्यक्रममा विश्व हिन्दुमहा संघको वेदान्त सम्मेलन र साधारणसभामा आर्थिक एवं भौतिक रुपमा सहयोग गर्ने दाताहरुलाई प्रमुख अतिथिबाट रुद्राक्ष माला उपल्लाले सम्मान गरिएको थियो ।

विश्वहिन्दु महासंघ कला तथा सस्कृति संरक्षण समितिका संयोजक जयप्रकास उप्रेतीको टिमले राष्ट्रिय भजन चुट्का समुहवाट आरती भजन, महिला समुहको पञ्चेवाजा, नेवारी समुदायको नेवारी भजन, मगर समुदायको सोरठी नाच र साल‌ैजो घाटुनाच, वन्धर्व समुदायको सारङ्गी धुन, राष्ट्रिय कलाकारको एकल प्रस्तुती लगायतका सस्कृति झल्किने नाच गानले स्वागत गरिएको  थियो । कार्यक्रम विश्व हिन्दुमहासंघ पाल्पा शाखाका अध्यक्ष कमल राज पौडेलको शभापतित्व, संस्थाकी उपाध्यक्ष सरस्वती वस्यालको स्वागत, सचिव तुलसा गैरेको संचालनमा तानसेन त्रिभुवन वहुमुखी क्याम्पसको देवकोटा सभाहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय