पुष्कर अथक रेग्मी
माता कुन्तादेवी र पिता रूक्माङ्गत पन्थका सुपुत्र डा. टंक पन्थ लुम्बिनी प्रदेश गुल्मी जिल्ला छत्रकोट गाउँपालिका दिगाममा जन्म भइ पाल्पा तानसेन-६ बारूदखानमा बसोबास गरी आउनु भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेपाली भाषा साहित्यमा प्राध्यापन गर्दै आउनु भएका डा.पन्थ सिर्जना र समालोचनामा विशेष दखल भएका व्यक्तित्व / साहित्यकार हुनुहुन्छ ।

कविता संग्रह समय स्पर्श (२०७२), विश्वेश्वरप्रसाद कोइराला समालोचना संग्रह (२०७७), कविता संग्रह समय स्फोट ( २०७७), कविता संग्रह समय प्रश्न ( २०७८) , पाल्पाको साहित्यतिहास र अन्य समालोचना (२०७९) र काव्य ढुकढुकी ( २०८० ) उहाँका प्रकाशित एकल कृतिहरू हुन भने संयुक्त कृतिहरूमा संयुक्त कविता संग्रह विमर्शका स्पर्शहरू (२०६७), संयुक्त साइनो संग्रह पाल्पाली साइनो ( २०७७) र भाग -२((२०७८), संयुक्त छेस्का संग्रह अभिव्यञ्जना (२०७८) लगायतका कृतिहरू प्रकाशित भएका छन् ।

कविता साहित्यका चार विधाहरूमध्ये सर्वप्राचीन र समृद्ध विधा हो । कविता काव्यकै प्रयायवाची शव्द हो । काव्य ढुकढुकीभित्र डा. पन्थका तीन सय श्लोकमा लघु आयामिक काव्यहरू संगृहित छन् । ‘बाबा’ ,’आमा’ र ‘स्वाभिमान ‘ शीर्षकमा केन्द्रीत काव्यहरूमा ‘बाबा’ शीर्षकको काव्य शार्दूलविक्रीडित,उपजाति,मन्द्राकान्ता र शिखरीणी छन्दका रहेकन छन् भने ‘आमा’ शीर्षकको काव्य शार्दूलविक्रीडित,उपजाति, मालिनी र स्वागता छन्दमा रहेका छन् । यसरीन‌ै ‘स्वाभिमान’ शीर्षकका काव्यहरू पञ्चचामर, शार्दूलविक्रीडित र इन्द्रवंशा छन्दमा रहेका छन् । डा . पन्थ छन्द सिर्जना र साधनामा पोख्त लेखन र वाचन दुवैमा निपुर्ण कवि हुनु भएकोले पनि काव्य महनीय उदाहरणीय र संग्रहणीय रहेको छ ।

काव्यभित्र अग्रज साहित्यकार, महाकाव्यकार नीलकण्ठ न्यौपानेको सारगर्भित बधाई तगा शुभकामना, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालको प्रकाशकीय र काव्यकार स्वयंको ‘यो यस्तै भयो’ शीर्षकमा लेखकीय रहेको छ । मूल्य रू ३ सय रहेको ७८+१० पृष्ठभित्र संगठित काव्य कृति देशकै ढुकढुकी समेत भएकोले यो कृति खोजेरै,मागेरै या किनेरै भए पनि एकपटक सबै स्रष्टा र द्रष्टाले पढनै पर्दछ ।

समय स्पर्श(२०७२), समय स्फोट(२०७७) र समय प्रश्न (२०७८) मा प्रकाशित डा. पन्थका काव्य कृतिहरूको शीर्षक नाम समय बाटनै शुभारम्भ भएकोले पनि यस कृतिको समेत शीर्षक नाम समय बाट (जस्तै: समय सन्ध्या / समय साक्षी/ समय स्वेद) नै न्वारान भैदिएको भए सम्पूर्ण किसिमले अझ सुनमा सुगन्ध हुने थियो । डा. पन्थद्वारा आगामी दिनहरूमा समेत यस्तै छन्दमय काव्य कृतिहरू आइनै रहुन । शुभकामना ! शुभयात्रा !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय