latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ १८

पाल्पाकाे तानसेन नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गरिएकाे छ । तानसेन नगरभित्रकाे टुँडिखेलमा शिविरकाे अायाेजना गरि ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।

सामुदायिक कुकुरका कारण समस्या बढेपछि शिविर राखेर बन्ध्याकरण गरिएको बताइएको छ । योसँगै  कुकुरलाई रेबिजविरुद्ध खोप पनि लगाइएको छ । सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन, रेबिजको न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।  शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरणलगायत उपचार गरेपछि नियन्त्रणमा लिइएको स्थानमै छाडिने नगरप्रमुख श्रेष्ठको भनाइ छ । कुकुरको आक्रमणबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै खोज दिइएको उनले बताए ।

तानसेन नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तानसेन पाल्पाको आयोजना, प्राविधिक तथा अनुसन्धानात्मक कामका लागि युवा समूहको प्राविधिक सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण थालिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गाप्रसाद खनालले बताए । सर्जन डाक्टर अविनाश क्षेत्रीले शिविरबाट पहिलो चरणमा ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताउनुभयो । भुस्याहा कुकुरको सङ्ख्या बढ्न नदिने स्थायी उपाय बन्ध्याकरण गर्नु भएकाले २०३० सम्म विश्वव्यापी रुपमा रेविजबाट मृत्यूलाई शुन्य गराउने अभियानसहित कार्यक्रम गरिएको हाे ।

बजार क्षेत्रमा डुलिराख्ने सामुदायिक कुकुरले विशेष गरी विद्यार्थी र यात्रुलाई समस्या भइरहेको भन्दै पशुको कल्याण र मानवीय क्षति हुन नदिन अत्यन्त प्रभाकारी हुने देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय