latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ ५

युनाइटेड मिशन अस्पताल पाल्पामा फाेहाेर पानी प्रशाेधन गरि पूनः प्रयाेग गर्न मिल्ने बनाइने भएकाे छ । राेटरी क्लब अफ पाल्पा तानसेन, तानसेन नगरपालिका र अन्य संघसंस्थाहरूकाे सहयाेगमा वेस्ट वाटर टिटमेन्ट प्लान्ट निर्माण सम्पन्न हुने क्रममा रहेकाे हाे ।

तानसेन नगरपालिका १ मिसन अस्पताल बाहिर र अस्पताल भित्रकाे फाेहाेर पानी प्रशाेधन गरि पूनः प्रयाेग गर्न मिल्ने बनाइन लागेकाे हाे । याेजनाकाे सर्वपक्षिय अनुगमन समेत गरिएकाे छ । नगरकाे गाैरब याेजना रहेको वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण अन्तिम चरणमा रहेकाे तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ बताए । करिब  ४ करोड ५ लाखका लागतमा बन्ने याेजना सम्पन्न भएपछि बग्ने पानी दमकल र कृषिजन्य काममा प्रयाेग गरिने नगर प्रमुख श्रेष्ठले बताए । फाेहाेर र दुर्गन्धित ढलले गर्दा उक्त क्षेत्रका नागरिकहरूलाई समस्या रहेकोले त्यसकाे व्यवस्थापन गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

तानसेन नगरपालिका प्रवक्ता एवम राेटरी क्लब अफ पाल्पा तानसेनका अध्यक्ष यादब सिङ कार्कीले परियाेजनाले मिसन अस्पताल भित्र र बस्तीकाे फाेहाेर पानीलाई एनबिबिआर अमेरिकन प्रविधि मार्फत् अत्याधुनिक मेसिनकाे जडान गरि पानीकाे शुद्धीकरण गरिने बताए ।  परियाेजना २०८० असार १३ गते सम्झाैता भएको र निर्माण कम्पनीले २०८१ जेठ मसान्तसम्म सम्पन्न गर्ने गरि सम्झाैता गरिएकाे राेटरी अध्यक्ष कार्कीले बताए । पराजुली कन्ट्रक्सन लमजुङ मार्फत् काम भैरहेकाे छ ।

परियाेजना अन्तर्गत  हाल सम्म ३२ वटा चेम्बर निर्माण कार्य सम्पन्न भइसकेको र यहि महिनाभित्रमा काम सक्ने गरि काम भैरहेकाे युनाइटेड मिसन अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय