latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ १

२५६८ औ बुद्धजयन्तीको अवसरमा तानसेनमा बिभिन्न कार्यक्रम हुने भएको छ । जेठ ५ गते देखि १२ गतेसम्म गरिने विविध कार्यक्रमहरू पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।

बुद्द जयन्तिकाे अवसरमा जेठ ५ गते बौद्ध महास्थविर बाट बौद्ध झण्डोत्तोलन गर्ने र सबैको सहभागिता प्रचार प्रसारको लागी नगर क्षेत्रमा शान्ती पदयात्रा गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका अध्यक्ष उत्पल बज्राचार्यले बताए । ५ गते नै विरेन्द्र पार्क तानसेन टुडिखेलमा रक्तदान कार्यक्रम, पारिलेक वन श्रीनगरमा सरसफाई, ध्यान शिविर र दिप प्रज्वलन गर्ने, श्रीनगर डवली बतासेमा बुद्ध मुर्ति अनावरण गर्ने र पाल्पा अस्पतालका विरामीहरु लाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।

जेठ ६ गते महावोधी विहार लहरे पिपलमा विपश्यना ध्यान अभ्यास, बौद्धटोल बौघागुम्वामा बुद्ध पुजा तथा धार्मिक कार्यक्रम संचालन हुने छ । जेठ ७ गते धर्मचक्र महाविहार तानसेनमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना कार्यक्रम र बुद्ध संग सम्वन्धित रहेर मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता, मिशन अस्पतालका विरामीहरु लाई फलफूल वितरण, गर्ने कार्यक्रम बनाएको छ । जेठ ८ गते १७ औ भिक्षु विमलानन्द स्मृती दिवश महावोधी विहार लहरेपिपल, पारिलेक वन श्रीनगरमा सरसफाई तथा दिप प्रज्वलन, महाचैत्यविहार टक्सारमा अन्तरमावी नगर स्तरीय चित्रकला प्रतियोगिता, चिर्तंगधारा सन्तोक बौद्धगुम्वामा बौद्ध झण्डोत्तोलन, लक्ष्मी मावी तानसेमा शैक्षिक सामाग्री वितरण, आनन्द विहारमा बौद्ध सम्वन्धी साहित्य कार्यक्रम रहेका छन्

जेठ ९ गते बुद्धविहार होलाङ्दीमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना कार्यक्रम, महावोधी विहार लहरे पिपलमा शान्ती दिपयात्रा, सन्तोक बौद्धगुम्वा चिरतुङ्गधारामा शान्ती दिपयात्रा, महाचैत्यविहार टक्सारमा ५१ औ अन्तरमावी हाजिरी जवाफ कार्यक्रम कार्यक्रम रहेको छ ।

जेठ १० गते बौद्ध पूणिमाको दिन विहान प्रभातफेरी, जिल्लामा रहेको सबै बौद्धविहारहरुमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना, प्रसाद भोजन कार्यक्रम, १० बर्ष सम्मका वालवालिकाहरु लाई कल्पबृक्ष दान, भगवान बुद्धको रथयात्रा तथा नगर परिक्रमा कार्यक्रम, वेलुका विहार तथा घर घरमा दिपावली गर्ने कार्यक्रम रहेको छ । जेठ १२ गते दमकडा मावीका दृष्टिविहिन विधार्थीहरु लाई भोजन दान कार्यक्रम गरेर वुद्धजयन्तीका विविध कार्यक्रम समापन गर्ने मूल समारोह समितीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय