latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

तानसेन नगरपालिका वडा न ६ पाल्पाले एक दिने स्वास्थ्य शिविर गर्ने भएको छ । वडाले महिलाहरूलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हाे । शिविर तानसेन वडा न ६ र स्वास्थ्य शाखाकाे आयाेजनामा गरिने वडा सचिव विशाल वलिले बताए ।

२०८१ जेठ २ गते वडा न ६ काे भाेटेचाैपारीमा बिहान १० बजे देखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले बताए । शिविर महिलाहरूलाई लक्षित गरि आयाेजना गर्न लागिएको बताए । बिशेष गरि शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धि पाठेघरकाे मुखकाे क्यान्सरकाे जाँच गर्ने,पाठेघर खसेकाहरूलाई स्क्रिनिङ्ग तथा रिङ्ग राख्ने,प्रजनन तथा याैन रागकाे उपचार गर्ने,बाँझाेपनकाे उपचार गर्ने तथा सल्लाह प्रदान गर्ने,परिवार नियाेजनका साधनहरू इम्प्लान्ट तथा आई यु सि डि राख्ने र निकाल्ने लगाएतका अन्य प्रजनन स्वास्थ्य सम्बन्धि एक दिने स्वास्थ्य शिविर आयाेजना गर्न लागिएको वडा अध्यक्ष महर्जनले बताए ।

शिविरमा स्त्रीरोग तथा निःसन्तानसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण र स्तन क्यान्सरसम्बन्धी सम्पूर्ण रोगको परामर्श जाँच एवं उपचार गरिनेछ । नेपाली समाजमा प्रतिदिन बाँजोपन तथा स्तन क्यान्सरको समस्या प्रतिदिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको बताए । शिविरमा स्वास्थ्य परिक्षणकाे क्रममा थप जटिल समस्या देखा परेको महिलाहरूलाई उपचारका लागि अस्पतालमा सिफारिस गरिने वडा अध्यक्ष महर्जनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय