latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाडौं, बैशाख २९

युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् ।
प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।
चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो ।
आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए ।
त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो ।
युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव बैशाख ६ गतेदेखि युरोप भ्रमणमा छिन् ।
जर्मनीको फ्र्यान्कफर्टमा बैशाख ८ गते चित्रकार यादवको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो । यस्तै बैशाख २९ र ३० गते डेनमार्कको कोपनहेगनमा दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना हुँदैछ । यसपछि फिनल्याण्डको राजधानी हेलसिन्कीमा जेठ ५ र ६ गते उनको एकल चित्रकला प्रदर्शनी हुने बताइएको छ ।

यो मेरो लागि खुसी र गौरवको क्षण हो कि मैले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रकला सिकाउने अवसर पाएँ । मिथिला चित्रकलाप्रति आकर्षित भएर बालबालिकाका अभिभावकहरुले पनि मसँग मिथिला चित्र सिकेका थिएँ ।
राजधानी कोपनहेगनमा एक दिवसीय मिथिला कला वर्कसपको आयोजना एनआएन डेनमार्कले गरेको थियो । विदेशी भूमि र त्यसमा पनि नेपालभन्दा धेरै टाढा युरोपको एउटा देशमा नेपालको गौरव मिथिला चित्रकलालाई विस्तार र प्रवद्र्धन गर्ने अवसर पाउनु मेरोलागि मात्र होइन, नेपाली चित्रकला जगतकै लागि ठूलो खुसी र गौरवको कुरा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय