latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा, वैशाख २९
शिक्षा ऐन ल्याउन छाडेर शिक्षकलाई शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई हतोत्साही गरेको आरोप शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आरोप लगाएका छन् । आन्दोलनमा गरिएका सम्झौता अनुसार शिक्षा ऐन जारी गर्नुपर्ने काम छाडेर राजनीतिक आरोप लगाएर कारवाही गर्ने भए पहिले आफूलाई पहिले कारबाही गरेर देखाउन शिक्षा मन्त्रीलाई गिरीले चुनौती दिए ।
विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा आउँदा धेरै समस्याहरु बल्झिएका छन् । स्थानीय सरकारले गरेका शैक्षिक सुधारका कामलाई पूर्वाग्रहको संज्ञा दिदैं, संघीय अध्यक्ष गिरीले भने, संविधानले दिएको अधिकारलाई प्रयोग गरेर स्थानीय तहमा शिक्षकहरुलाई निरुत्साहित गरिएको छ । हामीलाई धेरै पटक आश्वासन दिने तर काम नगर्ने शिक्षामन्त्रीले आफूभन्दा जेठा संघसंगठनको भावनालाई बुझेर समन्वय गरेर अगाडी बढ्न सुझाए । उनी भन्छन्, गणतन्त्र ल्याउन ८३ जना संघका शिक्षकहरुले साहदत प्राप्त गरेका छन,् त्यसै मन्त्रालय सम्हाल्दैमा जे मन लाग्यो त्यही गर्न कसैलाई छुट छैन ।
नेपाल शिक्षक संघ पाल्पाले स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा संघीय अध्यक्ष सोमनाथ गिरीले शिक्षा ऐन जारी नहुँदासम्म शिक्षक, विद्यालय तथा समग्र शिक्षामा सुधार गर्न निकै जटिलता रहेको भन्दै शिक्षा मन्त्रीलाई सबैको भावनालाई समेट्ने गरि भएका सम्झौता पुरा गरेर शिक्षा ऐन संसदमा पूनः प्रस्तुत गर्न आग्रह गरे । उनले महासंघको अगुवाईमा मन्त्रालयसँग निरन्तर लविङ गर्दै आएकोले शिक्षा ऐन जारी हुनेमा विश्वस्त रहेको बताए । उनले राहत, साविक उमावि र बाल कक्षा शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक÷खुला प्रतियोगिताद्वारा स्थायी गर्ने र कार्यरत शिक्षकलाई आयोगको परीक्षामा उमेरको हद नलाग्ने व्यवस्था गर्ने सहमति भएको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले समयानुकुल शिक्षा प्राप्त गर्न शिक्षक सुधार हुन जरुरी रहेको बताए । पूर्व मन्त्री समेत रहेका राना भन्छन्, संगठन भित्र सुशासन कायम राख्न विधि विधान अनुसार चल्नुपर्छ । अहिले नेता र कर्मचारीप्रति नागरिक श्रद्धाभाव टुटेको बताउँदै उनले सयौं व्यक्तिले होस् गुमाउँदा धेरै फरक नपर्ने तर एक नेता पागल हुँदा हजारौंको भविष्य अध्यारो बन्ने बताए । सोही कार्यक्रममा बोल्दै शिक्षक संघका केन्द्रीय उपाध्यक्ष दीपक ज्ञवालीले प्राज्ञिक क्षेत्रका लागि सरकारले हेर्ने दृष्टी परिवर्तन गर्न जरुरी रहेको बताए । उनले शिक्षकको छुट्टै मर्यादाक्रम, सरुवा, बढुवा तथा सुविधाका विषयमा सरकार गम्भिर बन्न नसकेको बताए । संघका लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनीले पाल्पाको शिक्षक संघ चलाएमान रहेको बताउँदै शिक्षक विचारलाई कक्षाकोठासम्म पु¥याउन शैक्षिक वातावरण बिग्रन दिन नहुनेमा जोड दिए ।
कार्यक्रममा बोल्दै विभिन्न क्षेत्रका व्यक्तिहरु लिला बस्याल, शोबाकान्त न्यौपाने, मीना पन्थी, मन गहिरे लगायतले सरकारले शिक्षकहरुका पेशागत मुद्दाहरुमा गम्भिर बन्न नसकेकोले गरिएको सम्झौता कार्यान्वयन गर्दै शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेमा जोड दिए । शिक्षक संघको ३५ औं स्थापना दिवसको अवसर पारेर संघले लुम्बिनी मेडिकल कलेज पाल्पासँग एकीकृत स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार लुम्बिनी मेडिकलमा उपचार गराउन जाने संघका सदस्यहरुलाई १० देखी ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोखरेलले बताए । उनले सामाजिक दायित्व पुरा गर्न शिक्षकहरुसँग सम्झौता गरिएको पोखरेलले बताए । संघका जिल्ला अध्यक्ष लक्ष्मण बस्यालले शिक्षकले सहुलियतमा स्वास्थ्य सेवा प्राप्त गर्न संस्थाले जारी गरेको क्यूआर सहितले परिचयपत्र लिएर जानुपर्ने बताउँदै । बीमा नभएका आर्थिक अवस्था कमजोर भएका शिक्षकलाई तत्काल राहत पुग्ने बताए । सोही अवसरमा उद्बोध स्मारिका विमोचन र शिक्षक सम्मान समेत गरिएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष लक्ष्मण बस्यालकाे अध्यक्षता र सचिव सुन्दर गाहाकाे सञ्चालनमा भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय