latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, वैशाख २६

नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसञ्चार सेवा केन्द्र स्थापनाकाे अभियान सुरू गरेकाे छ । पाल्पा जिल्लामा रहेकाे रगतकाे अभाव हुन नदिन अभियान सुरू गरिएकाे हाे ।

पाल्पा जिल्लामा रहेका ठूला अस्पतालहरू पाल्पा जिल्ला अस्पताल, युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा धेरै जिल्लाबाट बिरामीहरू अाउने र समयसमयमा रगत अभाव हुने भएकाेले त्यसकाे व्यवस्थापन गर्न ब्लड बैंक स्थापना गर्न लागिएकाे हाे । रक्त सञ्चार सेवा केन्द्र स्थापनार्थ अमेरिकामा रहनुभएका सतीश चापागाईले एक लाख रुपैया सहयोग गर्नुभएको छ। रामपुर नगरपालिका वार्ड नं. १० स्थायी घर भै हाल अमेरिका बस्ने चापागाइले पाल्पा जिल्लामा ब्लडकाे अभावमा अकालमा ज्यान गुमाउनु नपराेस् भनेर अभियानलाइ पूर्णता दिन सहयाेग गरेकाे बताए ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरलाई कर्मथलो बनाएका चापागाईले पाल्पामा १२ बर्षसम्म पत्रकारिता गरेका थिए । चापागाई अहिले पनि नेप्लिज डायस्पोरा डटकम नामक अनलाईन मार्फत पत्रकारितामा निरन्तर सक्रिय छन् । साहित्यमा समेत रुची राख्ने चापागाईका केही गीत र कविताहरु सुन्न र पढ्न पाईन्छन। सामाजिक व्यक्तित्वका रुपमा चीरपरिचितपाल्पाली संगमका अन्तराष्ट्रिय संयोजक  चापागाईको सक्रियतामा ६ देशमा पाल्पाली संगम स्थापना भएको छ । कोरोना महामारीका बेला अमेरिका लगायतका देशबाट पाल्पामा स्वास्थ्य सामाग्री र आर्थिक सहयोग गर्न र चेतनामूलक कार्यक्रम संचालन गर्नमा चापागाईले उल्लेख्य भूमीका निर्वाह रहँदै अाएकाे छ ।

अमेरिकाको मिडिया कोअर्डिनेटर समेत रहेका चापागाई नेपाल रेडक्रस सोसाईटी पाल्पाको यसस्कर सदस्य हुनुहुनेछ र ब्लड बैंकको संस्थापक सदस्य पनि हुने रेडक्रस ब्लड बैंक अभियानका संयाेजक डा. झपिन्द्र ढकालले बताए । रेडक्रस पाल्पाले यो अभियानमा जोडिएर आर्थिक सहयोग गर्नेहरुलाई आजीवन, विशिष्ट र यशस्कर सदस्यता प्रदान गर्ने पनि निर्णय गरिसकेको छ ।

जन्मभूमी प्रतीको ममता बोकेका सामाजिक व्यक्तित्व, सकारात्मक सोचका धनी तथा मानवीय सेवाभावमा सधै समर्पित सम्पूर्ण नेपालीहरूमा रेडक्रस सोसाइटीकाे अभियानमा जाेडिन रेडक्रस पाल्पाले अपिल समेत गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय